रुपन्देहीको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सेवा सञ्चालन

बुटवल, बैशाख ११ गते । रुपन्देहीको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सञ्चालन गरिएको छ ।
प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा फ्रि वाईफाई सेवा सञ्चालन गरिएको हो । सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सञ्चालन भएको हो ।

फ्रि वाईफाइको सोमबार तिलोत्तमा नगरप्रमुख रामकृष्ण खांण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । योगीकोटीदेखि कोटीहवा सम्मको १३ किलोमिटर हाइवे क्षेत्रमा फ्रि वाइफाइ सेवा शुरु भएको छ ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले समयको माग अनुसार आमनागरिक प्रविधिमैत्री भएकाले आमनागरिकको मागलाई मध्येनजर गरी फ्रि वाईफाई सञ्चालन गरिएको बताए ।

उपप्रमुख जागेश्वरीदेवी चौधरीले फ्रि वाईफाई सेवा सञ्चालन गरिएको र सही ढंगले फ्रि वाईफाई सेवा प्रयोग गर्न आग्रह गरिन् ।

हाईवे क्षेत्रमा कुल ३८ वटा राउटर जडान गरिएको छ । एउटा राउटरबाट हाल १ सय वटा डिभाईस कनेट हुने बताइएको छ । यसबाट टिकटक भने चल्ने छैन् ।
प्रदेश सरकारको सहकार्यमा २ करोड १५ लाखको परियोजना अन्तर्गत सूचना राजमार्गमा कुल ८५ लाख खर्च भएको जानकारी गराईएको छ ।