लुम्बिनी प्रदेशसभा भवन निर्माणको पैसा नपाएपछि निर्माण व्यवसायीको  प्रदर्शन

  बुटवल, बैशाख ११ गते । लुम्बिनी प्रदेशसभा भवन निर्माणको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले प्रदेशसभा गेट अगाडी प्रदर्शन गरेका छन् ।
सोमबार सरकार ढलेकै दिन व्यवसायीले आफुले काम गरेको दाम माग गर्दै धर्ना दिएका हुन् । काम गरेको दाम नपाएपिछ बिरोध गर्दै व्यवसायीले प्रदर्शन गरेका हुन् ।

प्रदेशसभा भवन निर्माण तथा मन्त्रालय व्यवस्थापन एवम् कर्मचारी रुम लगायत व्यवस्थापन गरे बाफतको करिब १२ करोड बढी रकम भुक्तानी नगरेको निर्माण व्यवसायीले बताएका छन् ।

आज पहिलो दिन सांकेतिक प्लेकार्डसहित प्रदेशसभाको गेट अगाडी प्रदर्शन गरेका निर्माण व्यवसायीले भुक्ततानी नपाउंदासम्म प्रदर्शन गर्ने बताएका छन् ।