बुटवलको आर्दशनगर क्षेत्रमा खोपानीको अभाव

दिपक बस्नेत

बुटवल, बैशाख ११ गते । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ को आर्दशनगर क्षेत्रमा खानेपानीको अभाब भएको छ । गर्मीको समयमा खानेपानीको अभाव हुंदा आर्दशनगर क्षेत्रका २ सय ५० बढी घरधुरीका नागरिक समस्यामा परेका छन् ।

घरघरमा खानेपानीका धारा भएपनि पुग्ने गरी खानेपानी नआउंदा समस्या झेल्नु परेको स्वग्रद्वारी टोल विकास संस्थाका अध्यक्ष पुरन श्रेष्ठले बताए । एक, दुई दिन बिराएर धारामा पानी आउने र त्यही पनि प्रयाप्त मात्रमा नआउंदा खानेपानीको हाकार भएको स्थानीय नारायण नागिलाले बताए ।


बुटवल खानेपानी संस्थान र बुटवल उपमहानगरपालिकालाई खानेपानीको विषयमा पटक– पटक जानकारी गराएपनि कुनै सुनुवाई नभएको खानेपानीका उपभोक्ताको गुनासो छ ।
पानीको सारै हाकार भएपछि बुटवल उपमहानगरपालिकाले एक दिन ट्याङ्कीबाट पानी वितरण गरेको थियो ।

गर्मीको समयमा खानेपानीको अभाव भएपछि आर्थिक भएकाले मिनरलवाटर किनेर खाएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुले वोरिङ खोजेर जर्किन र बोत्तलमा पानी बोक्नु पर्ने बाध्यता छ । मुख्य सडकको पूर्वतर्फको वस्तीमा नै खानेपानी अभाव छ । लामो समयसम्म पनि खानेपानीको अभाव हुंदा पनि खानेपानी संस्थान जिम्मेवार बन्न नसकेको नागरिकको गुनासो छ ।

घरघरमा खानेपानीका धारा छन् । उपभोक्ताले सिनयमित रुपमा खानेपाीको चर्को शुल्क पनि तिरेका छन्, तर पानी खान पाएका छैनन् ।
खानेपानीको विल तिरेपनि समयमा सफा र स्वच्छ खानेपानी खान नपाउने बुटवलवासीको पुरानै रोग हो । तर पछिल्लो समयमा बुटवलमा खानेपानीको समस्या हल हुंदै गएपनि आर्दशनगर क्षेत्रमा भने खानेपानीको हाकार कायमै छ ।