लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी

बुटवल, बैशाख १४ गते । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरी भएका छन् । सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएपछि धौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताए ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको पनिज समय नतोकिएको जानकारी गराएका छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका १० सांसद छन् । सबैभन्दा ठूलो दल एमालेका २९, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा,लोसपा र जनमतका ३–३ जना, राष्ट्रिय जनमोर्चा,एकीकृत समाजवादी र स्वतन्त्रका एक–एकजना सांसद छन् ।
यस अघि एमालेको तर्फबाट मुख्यमन्त्री बनेका सिलला गिरीले विश्वासको मत नपाएपछि सरकार ढलेको हो ।