लुम्बिनीका मुख्यमन्त्रीले लिए शपथ

         बुटवल, बैशाख १५ गते ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री चौधरीलाई बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार शपथ गराएका हुन् ।
मुख्यमन्त्री चौधरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीसहित विभिन्न दलका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
सफत ग्रहणपछि सञ्चारकर्मीसंग कुरा गदै मुख्य मन्त्री चौधरीले लुम्बिनी प्रदेशको औचित्य सातित गर्ने दावी गर्दै उनले भने – अहिले सम्मका सरकारले भन्दा फरक तरिकाले सरकार सन्चालन गर्छु ।

यस्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्र्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

विना विभागीय मन्त्री नियुक्त भएका तीन मन्त्रीलाई मुख्यमन्त्री चौधरीले पद तथा गोपनियताको सफथ खुवाएका छन् ।
मुख्यमन्त्री चौधरी र विना विभागीय मन्त्री मास्की दाङको प्रतिनिधि सभा ३ को क र ३ को ख बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्र्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्र्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको सरकारको विपक्षमा रहने भएका छन् ।