बुटवल– पालपा सडक रातीमा बन्द हुने 

बुटवल, बैशाख १५ गते । विहान ११ बजेदेखि दिउंसो २ बजेसम्म बन्द हुंदै आएको बुटवल– पालपा सडक अबदेखि रातीको समयमा बन्द हुने छ ।
गत चैत २१ गतेदेखि दिउंसो ११ बजेदेखि २ बजेसम्म दिनहुं बन्द हुंदै आएको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको दोभान सिद्धबाबा खण्ड शुक्रबारबाट रातीको समयमा मात्र बन्द हुने भएको हो । अर्को सूचना जारी नहुंदासम्म यो सडक यही बैशाख १५ गते शुक्रबारदेखि रातीमा बन्द हुनेछ ।

निर्माण व्यवसायीले तदारुपताका साथ काम नगरेपछि सर्वसाधारणको विरोधपछि जिल्ला प्रशासन कार्यालय पाल्पाको समन्वयमा अब रातिमा मात्र बन्द गरेर काम हुनेछ ।
उत्तर दक्षिण सिद्धार्थ लोकमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्ग पूर्वतयारीको काम गर्न दैनिक नौ घन्टा बन्द हुंदै आएकोमा अब रातिको ६ घन्टा मात्र बन्द हुनेछ ।

राजमार्ग सुरक्षा समितिको बैठकले गत चैत २१ गतेबाट अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउंसो २ बजेसम्म साथै राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो ।

निर्माण व्यवसायीले सुस्त काम गरेको, दिउंसोमा सवारी चाप अधिक रहेको, बुटवल–नारायणगढ लगायतका सडकका कारण यस क्षेत्रमा दिउंसोमा सवारी चाप अधिक रहेकाले यात्रु, सवारी चालकको दबावका कारण दिउंसोमा गरिएको बन्द हटाइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला बताएका छन् ।
सिद्दावावादेखि दोभान सम्मको सडक बनाउनका लागि रातीको समयमा सडक बन्द गरिएको हो ।