गुल्मी मालिका गाउंपालिकाको मनोमानी, स्थानीयको बिरोध

गुल्मी, बैशाख १५ गते । गुल्मी मालिका गाउंपालकाका जनप्रतिनिधि र कर्मचारीले मनोमानी गरेका छन् । आर्थिक संकटलाई मध्यनजर गर्दै सरकारले विभिन्न अनुत्पादक तथा अनावश्यक क्षेत्रमा खर्च कटौती गरिरहेको अवस्थामा मालिका गाउंपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर राज्य कोषको लगानीमा घुमफिरको यात्रा गरेका छन् ।
अध्ययन अवलोकन भ्रमण भन्दै करिब एक साताका लागि पश्चिम नेपालको विभिन्न ठाउंको अध्ययन भ्रमणमा शुक्रबार निस्किएका हुन् ।
पालिकाका कर्मचारी खानेपानी तथा सरसफाई शाखाका प्राविधिक जयलाल पोखरेलको नेतृत्वमा जनप्रतिनिधि तथा कर्मचारीहरु गरी २४ जनाको टोली भ्रमणमा निस्किएका हुन् ।
पश्चिमका विभिन्न पालिका तथा भारतको नैनी तालसम्म अध्ययनका लागि पुग्ने वडा नम्बर ५ का अध्यक्ष रेखाकुमार जीसीले बताए ।

गाउंपालिकाले वार्षिक कार्याजनामै भ्रमणका लागि २० लाख रकम विनियोजन गरिएको भए पनि संसोधन गरी १४ लाख मात्रै सो शिर्षकमा खर्च गर्नेगरी व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी गराए । प्रमुख प्रशासकीय अधिकृत खनालले सकेसम्म मितव्यी भएर खर्च गर्ने गरी भ्रमणको योजना बनाइएको दावी गरे ।

आवधिक योजना निर्माण तथा अन्य पालिकाहरुको काम कारबाही भने अलोकन गरी अघि बढ्न सयोग पुग्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको उनको भनाई छ ।
े नेपालका केही पालिकाहरुको अध्ययन अवलोकनका लागि भ्रमण टोली निस्किएको बताए पनि वडा अध्यक्षले यसअघि नै भारतको नैनीतालसम्म भ्रमण टोली पुग्ने बताईएको छ ।
प्रमुख प्रशासकीय अधिकृत खनालले पालिको रकमबाट विदेश भ्रमण जान नमिल्ने बताउंदै व्यक्तिगत खर्चबाट जाने कुरा फरक भएपनि गाउंपालिकाबाट त्यस अनुसारको योजना नरहेको बताए ।

अध्ययन अवलोकनका लागि जानु राम्रो भएपनि यो समय त्यसका लागि उपयुक्त नभएको भन्दै स्थानीयले बिरोध जनाएका छन् ।
जनप्रतिनिधि र कर्मचारी मिलेर अवलोकन तथा भ्रमण हिंडेको विषय थाहापाएपछि स्थानीय आक्रोसित भएका छन् ।