राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन, देशभरका कार्यकर्ता बुटवलमा

बुटवल । राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन मंगलवार देखि बुटवलमा शुरु भएको छ । तीन दिन सम्म चल्ने राष्ट्रिय सम्मेलनले मोर्चाको नीति तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

जनमोर्चाको राष्टिय सम्मेलनमा सहभागी हुन देशभरबाट प्रतिनिधि बुटवल आइपुगेको जनमोर्चाका महासचिव तथा सम्मेलन आयोजक समितिका संयोजक जनकराज शर्माले जानकारी दिए । महासचिव शर्माका अनुसार चौथौ सम्मेलनमा ७३ जिल्लाबाट प्रतिनिधित्व हुनेछ । कोरोना संक्रमण कायमै रहेको र वायुप्रदुषणले अर्को समस्या निम्ताएकाले सम्मेलन प्रतिनिधिमूलक रुपमा आयोजना गरिएको उनले बताए । तीन दिनसम्म चन्ले सम्मेलनमा ३ सय बढी प्रतिनिधिको सहभागिता हुने र खुल्ला रुपमा जुलुस प्रदर्शन नगरिने उनको भनाई छ ।

जनस्वास्थ्यलाई मध्येनजर गरेर प्रतिनिधिमूलक सहभागितामा सम्मेलन सम्पन्न गरिने छ । गणतन्त्र राष्ट्रियता र धर्मनिरेपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं, भ्रष्टाचारका बिरुद्व संघर्ष गरौं भन्ने मूलनाराका साथ राष्ट्रिय सम्मेलनको आयोजना बुटवलमा गरिएको राजमोका सचिव कृष्ण अधिकारीले बताए ।

नयां नेतृत्व चयन गर्ने सम्मेलनमा राजनीतिक विषय, राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा र राष्ट्रिय, अन्तर्राष्ट्रिय अवस्थाबारे छलफल सहित धारणा तय हुनेछ । सम्मेलनका लागि राष्ट्रिय जनर्माेर्चाका नेताहरु कार्यकर्ता बुटवल आइसकेका छन् ।