हेनरी ड्युनाको सम्झनामा झिमरुकमा वक्तृत्वकला प्रतियोगिता

नारायण जीसी
प्यूठान, बैशाख २५ गते । नेपाल रेडक्रस सोसाईटी मच्छी उपशाखाको आयोजनामा अन्तर्राष्ट्रिय रेडक्रस दिवस तथा जँ हेनरी ड्युनाको जन्म जयन्तीको अवसरमा सोमबार झिमरुक गाउँपालिका स्तरीय “मानव सेवामा रेडक्रसको आवश्यकता“ विषयक शीर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको छ ।

वक्तृत्वकला प्रतियोगिताको झिमरुक गाउँपालिका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत मोहन विसीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नौ वटा विद्यालयको सहभागीता थियो ।

चिरायु माविकी छात्रा रेजिना केसीले प्रथम भइन भने, प्रभात माविका श्रीराम पौड्याल द्वितीय, लक्ष्मी माविकी एन्जिला पन्थी तृतीय र गौमुखी आवाशीय माविका सम्राट जीसी चौथो बनेका छन् । उनीहरुले पुरुस्कार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् ।

उक्त कार्यक्रममा बोमबहादुर पोखरेल ,जगतबहादुर केसी. रामचन्द्र भण्डारी ,जानका पंथी र मोहन विसीले आआफ्ना भनाइ राखेका थिए ।
ऋषिराम शर्माको अध्यक्षतामा भएको कार्यक्रमको निर्णायक दानबहादुर बुढाथोकी, पितम खड्का र खड्क बहादुर केसी थिए ।
शिक्षक नारायण जीसीको सञ्चालन र वसन्ता थापाले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।