बुटवलको सुखौरा खोला सरसफाई

बुटवल, बैशाख २७ गते । बुटवल उपमहानगरपालिकाले सुखौरा खोलाको सरसफाइ अभियान चलाएको छ । खोलामा फोहोरका कारण दुर्गन्ध फैलिएको, डेंगुजस्ता रोग फैलिएको भन्दै बुटवल उपमहानगरपालिकाले वडा नं ४, ६, ७ र ८ मा पर्ने सुखौरा खोला सरसफाई अभियान थालेको हो ।

  अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका खोलानालामा फोहोर फाल्ने प्रवृत्ति बढ्दै गएको र यसले दुर्गन्ध र रोगव्याधी फैलाएकोले सरसफाइ अभियान चलाइएको बताए । उनले सुखौरा खोला सफाइ गरेपछि बसपार्क र मुख्य सडकहरु सफा गर्ने अभियान चलाइने बताए ।
प्रमुख पाण्डेयले सार्वजनिक स्थल र खोलानालाहरुमा फोहोर नफाल्न आह्वान गर्दै आफुले गरेको फोहोर आफै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेलले खोलाक्षेत्रमा फोहोर फाल्नेलाई कानुनबमोजिम कारबाही गरिने बताए ।
फोहोर व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले बुधबारदेखि ३ दिनसम्म हरेक दिन बिहान ७ बजेदेखि खोला क्षेत्रको सरसफाई गरिने जानकारी गराएका छन् ।