सिद्दार्थ कृषि अनुसन्धान केन्द्रमा उन्नत जातका विउविजन उत्पादन

बुटवल, बैशाख २८ गते । सिद्दार्थ कृषि उत्पादन एण्ड अनुसन्धान केन्द्र प्रालिले उन्नत जातको विउ विजनको अध्ययन गरी उत्पादन गर्ने गरेको छ ।
विगत केही वर्षदेखि सिद्दार्थ कृषि उत्पादन तथा अनुसन्धान केन्द्र प्रालिले मकै, गहु, आलुको विउ, विभिन्न जातका घासको विउ, शुद्व नश्ल बोयर बाख्राका पाठा– पाठीको उत्पादनका साथै कागती उत्पादन गर्दै आएको छ ।


रुपन्देहीको सियारी गाउंपालिका ४ धमसरमा सिद्दार्थ कृषि उत्पादन एण्ड अनुसन्धान केन्द्र प्रालिले करिव २० विघा जमिनमा मकै, गहु, आलुको विउ, विभिन्न जातका घासको विउ, शुद्व नश्ल बोयर बाख्राका पाठा– पाठी उत्पादन गर्नुका साथै माछा र उन्नत जातका भैसीसमेत पालेको छ ।

कम्पनीको १० विघा र शेयर सदस्यहरुको १० विघा जमिन व्यवसायिक कृषि उत्पादनमा प्रयोग गरिएको प्रालिका उपाध्यक्ष ढुण्डीराज शर्माले बताए ।
सिद्दार्थ कृषि उत्पादन एण्ड अनुसन्धान केन्द्र प्रालिले विउ विजनको अनुसन्धान र कृषिमा १० करोड लगानी गरेको छ ।विगत ६ वर्षदेखि सञ्चालनमा आएको सिद्वार्थ कृषि उत्पादन एण्ड अनुसन्धान केन्द्र प्रालिले ३ हेक्टर जलासयमा माछा पालन गरेको छ, भने दुध उत्पादनका लागि भैसी पाल्दै आएको छ ।

त्यस्तै डेढ विघा जमिनमा सुन कागती १ र २ जातको कागती उत्पादन गरिएको छ । प्रालिका उपाध्यक्ष शर्माका अनुसार अहिले ४ सय बढी बोटमा कागती फलेको छ ।
त्यस्तै गत फागुन महिनाबाट बोयर बाख्रा पाली ३० वटा पाठा– पाठी उत्पादन गरिएको छ । विउका लागि उत्पादन गरिएका बोयर बाख्राका पाठा– पाठी विउका रुपमा विक्री गरिने छ ।
कृषि तथा पशुपालनको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरी उन्नत जातको विउविजन उत्पादन गर्ने उद्वेश्यले सिद्दार्थ कृषि उत्पादन एण्ड अनुसन्धान केन्द्र प्रालि स्थापना सञ्चालक तुल्सी शर्माले बताए ।