नवलपरासीको प्रतापपुर गाउंपालिकाले दियो छात्राहरुलाई साइकल

 बुटवल, बैशाख २९ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउंपालिकाले स्नातक तहमा पढ्ने छात्राहरुलाई साइकल दिएको छ ।
प्रतापपुर गाउंपालिकाले कक्षा १२ पास गरी स्नातक तहमा पढ्न लागेका छात्राहरुलाई साइकल दिएको हो ।


गाउंपालिका भित्रका विद्यालयहरुबाट १२ पास भएर स्नातक तहको प्रथम वर्षमा पढ्न लागेका छात्राहरुलाई पढ्नमा हौसहला बढाउने उद्वेश्यले साइकल वितरण गरिएको गाउंपालिकाका कार्यकारी अधिकृत चिरञ्जीवि घिमिरेले जानकारी गराए ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी छात्राहरुलाई साइकल वितरण गरिएको हो । छात्राहरुलाई उच्च शिक्षा पढ्नमा सहयोग पुराउने उद्वेश्यले गाउंपालिकाले साइकल वितरण गरेको हो ।