प्रेस युनियन रूपन्देहीको अधिवेशनबाट नयां नेतृत्व चयन

बुटवल, बैशाख २९ गते । नेपाल प्रेस युनियन रूपन्देहीको २१ ओैं साधारण सभा र नवौं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार बुटवलमा सम्पन्न साधारण सभा तथा अधिवेशनले कविन्द्र नेपाल सभापती रहेको नयां नेतृत्व चयन गरेको छ । २३ सदस्यीय रहेको नयां कार्यसमिति चयन भएको नवनिर्वाचित कपिल ज्ञवालीले नयां दिशालाइ बताएका छन् ।

सोही कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भ्रष्टाचारका घटनाको स्वतन्त्र र निष्पक्ष रुपले छानविन गर्नुपर्ने बताए ।
भ्रष्टाचार गर्ने जोकोही पनि छुट्न नहुने र निर्दोष फस्न नहुने बताउंदै पत्रकारले सत्य तथ्य समाचार बाहिर ल्याउनु पर्नेमा उनको भनाइ छ ।
प्रेस युनियनका सभापति शिव लम्सालले तिनै तहका सरकारले बनाएका कानुनलाई युनियनले नजिकबाट नियालीरहेको बताउंदै प्रेस स्वतन्त्रता बिरोधी भए सडक आन्दोलनमा जाने दावी गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मिडिया हाउसलाई बचाउदै पत्रकारहरु खोजी पत्रकारितामा केन्द्रित हुनेपर्ने बताए ।
कार्यक्रममा युनियनका केन्द्रीय उपाध्यक्षहरु माधव अर्याल, जीवन भण्डारी,अनिल कर्ण, महासचिव दिलिप पौडेललेले सामाजिक सञ्जाल चुनैतीपूर्ण बनेको भन्दै ब्यवसायिकता र खोजमुलक पत्रकारिता अहिलेको आवश्यकता भएको बताए ।

नेपाल प्रेस युनियन रूपन्देही सभापति रेखा भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सचिब परमानन्द भट्टराई,नेपाली कांग्रेस रूपन्देही २ का कार्यबाहक सभापति फर्शुराम ढकाल, रूपन्देही ३ का क्षेत्रीय सभापति सुशील गुरूङ, महासमिति सदस्य बालकुमारी भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी पाण्डे, महासंघका प्रदेश महासचिब बिक्रम खड्का, नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस युनियन रुपन्देहीका संस्थापक सभापति बालनरसिंह गुरुङ, पुरस्कार छनौट समितिका संयोजक छविलाल पाण्डेलगायतले बोलेका थिए ।

साधारण सभा तथा अधिवेशनको अवसरमा पे्रस युनियन रुपन्देहीले युनियनका पूर्व अध्यक्षहरु माधव नेपाल, रामराज पोखरेल र भवानी पाण्डेलाई पुरस्कृत गरेको छ ।