विराटनगरमा प्रजातन्त्रवादी प्राध्यापकहरूको भेला, अधिवेशन तोकिएको समयमा हुन्छः अध्यक्ष जगत तिमिल्सिना

बिराटनगर, जेठ ५ गते । प्रजातन्त्रवादी प्राध्यापकहरूको बृहत् भेलामा प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको केन्द्रीय अध्यक्ष जगत तिमिल्सिनाले आम प्राध्यापकका मुद्दा समेट्न र संगठनलाई गतिशील बनाउन पाँचौं राष्ट्रिय अधिवेशन अपरिहार्य भएको बताएका छन् ।
अध्यक्ष तिमिल्सिनाले पांचौ महाधिवेशन तोकिएकै मितिमा हुँने बताए ।

उनले प्रजातन्त्रको राजधानी र बिपीको जन्मथलो विराटनगरबाट प्रजातन्त्रको स्थायित्वको लागि नियमित महाधिवेशन अपरिहार्य भएकाले प्राध्यापकहरुले सहयोग पुराउन आग्रह गरेका छन् ।बिराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् अध्यक्ष तिमिल्सिनाले ।


आगामी जेठ १९ र २० गते संघको पाँचौँ राष्ट्रिय अधिवेशन काठमाण्डौस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदै छ । उक्त अहिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
उक्त कार्यक्रममा संघका वर्तमान सचिव एवं पाँचौं राष्ट्रिय महाधिवेशनका अध्यक्षका प्रत्यासी डा. विष्णु पोखरेलले आम प्राध्यापकहरुको भावनालाई सम्बोधन हुने गरी संघलाई कृयाशील गराउनु पर्ने बताए । त्यसैका लागि आफ्नो उमेदवारी पनि रहेको उनले बताए ।

आंशिक प्राध्यापकहरूको व्यवस्थापन २०७९ चैत्र मसान्तसम्म समयसीमा राखी विशेष आन्तरिक प्रतियोगिता गर्ने सभाको निर्णयलाई आगामी सभाबाट २०८० चैत्र सम्म कायम गरी निर्णय गर्नुपर्ने र पेन्सनमा नेपाल सरकारको समयसीमा नै त्रिभुवन विश्वविद्यालयको पनि समयसिमा हुनुपर्ने बताए ।
सहप्राध्यापक डा. सत्यनारायण शाहाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका सस्थापक केन्द्रिय उपाध्यक्ष एवं क्याम्पस प्रमुख डा. बाबुराम तिमिल्सिनाले हामी एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

केन्द्रिय उपाध्यक्ष शैलेन्द्र सिवाकोटीले अधिबेशनलाई शफल बनाउन लाग्ने प्रतिवद्दता जनाउृनंदै सबैलाई महाधिवेशन सफल बनाउन केन्द्रित हुन आग्रह गरे ।
प्राडा बलराम्ब पौडेलले अध्यारोको विकल्प अँध्यारो हुदैन र निर्वाचन अपरिहार्य भएको बताए । उक्त कार्यक्रममा रामप्रसाद पोखरेल, डा अच्युत कट्टेल, डा प्रमोद खेरवार, बेद प्रसाद संग्रौला, सन्जय ठाकुर, इन्दिरा प्रसाईं लगायतले बोल्दै अधिवेशन समयमै सम्पन्न गरी पेशागत हकहितका मुद्दाहरू उठाउनु पर्ने कुरामा जोड दिए ।
सचीव नवीन अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।