राजमो तिलोत्तमाको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षतमा टण्डन

बुटवल, जेठ ६ गते । राष्ट्रिय जनमोर्चा रुपन्देही, तिलोतमा नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न नगर सम्मेलनबाट हर्कबहादुर टण्डनको अध्यक्षतमा २२ सदस्यीय रहेको नयां कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा उमाकान्त न्यौपाने, सचिबमा कबिराज गिरी, सहसचिवमा नगेन्द्रराज सिरिनेत, कोषाध्यक्षमा मिनु थापा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा नरबहादुर थापा, प्रेमलाल पन्थ, यामबहादुर परियार, रेसम घिमिरे, विष्णु पराजुली, जंगबहादुर केसी, देवी आचार्य, तुल्सी उपाध्याय रहेका छन् ।


बैकल्पिक सदस्यहरुमा कृष्णबहादुर हिताङ, माधब भुसाल खडकबहादुर महत, बिस्नुप्रसाद घिमिरे रहेका छन् ।
त्यस्तै शिवराम घिमिरे, रुक बहादुर पराजुली, विष्णु बिक, यज्ञप्रसाद उपाध्याय दयानिधि पौडेल रहेको सल्लाहाकार समिति चयन गरिएको छ ।
यस अघि नगर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले विदेशी हस्तक्षेप र भ्रष्टाचारले मुलुकको अवस्था कमजोर भएको बताए ।

संघीयता खोरेजी, विदेशी हस्तक्षेप र मानब तस्करदेखि सबै प्रकारका भ्रष्टाचारका विरुद्व आन्दोलनमा उत्रनु पर्ने बताउंदै उनले भने – अमेरिकी साम्राज्यबादले नेपालमा राजनीतिक हस्तक्षेप बढाएको छ, त्यसका विरुद्व राष्ट्रिय जनमोर्चाले अभियान चलाएकाले सबैको साथ सहयोग आवश्यक छ ।

कार्यक्रमका राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिव टानबहादुर केसी, कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य,अखिल नेपाल बुद्धिजीवि संघका दुर्गानाथ खरेल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य इन्दिरा ज्ञवाली, नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन्द पन्थ, अखिल नेपाल महिला संघकी भानु जीसी, अखिल नेपाल किसान संघका रुपन्देही सचिब शिवराम घिमिरे ,ट्रेड युनियन जिल्ला अध्यक्ष कविराज गिरी, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका अध्यक्ष ढुण्डिराज शर्मा, जायस्वर रेग्मी, गंगालाल सापकोटा, यमबहादुर परियार, नगेन्द्रराज श्रीनेत, अध्यक्ष गुमानसिंह पुन लगायतले बोलेका थिए ।

रुकबहादुर पराजुलीको अध्यक्षता, दयानीधि पौडेलको स्वागत र हुमाकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको हो ।
उक्त प्रथम नगर सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।