१२ बुंदे घोषणा पत्र जारी गर्दै बुटवलमा जारी पार्क सम्मेलन सकियो

दिपक बस्नेत

जेठ ७ बुटवल । रुपन्देहीको बुटवलमा जारी प्रथम राष्ट्रिय पार्क सम्मेलन आइतबार सकिएको छ । शनिबादेखि शुरु भएको उक्त सम्मेलन आइतबार सम्पन्न भएको हो । दुई दिनसम्म चलेको प्रथम राष्ट्रिय पार्क सम्मेलनले १२ बुंदे घोषणा पत्र जारी गरेको छ ।

पार्कहरुको व्यवस्थापन र सञ्चालनमा देखापरेका समस्याहरुको समाधान गर्दै संस्थागत विकास गरी एकतावद्घ पहल गर्ने उद्घेश्यले बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा देशका ७ वटै प्रदेशका पार्क सञ्चालकहरुको सहभागिता रहेको थियो ।

१२ बुंदे बुटवल घोषणा पत्रका बुंदाहरु निम्न छन् ।

१. नेपाल उद्यान महासंघको प्रथम सम्मेलन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा यो सम्मेलन मणिमुकुन्द सेन उद्यान र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) बुटवल रुपन्देहीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै देशभरका उद्यानहरुलाई नेपाल उद्यान महासंघमा आवद्घ हुन हार्दिक आहन गर्दछ ।
२. राष्ट्रिय, सार्वजनिक र सामुदायिक सस्थागत लगायत विभिन्न उद्यानहरुको दर्ता, व्यवस्थापन तथा सञ्चालन सम्वन्धी एकीकृत राष्ट्रिय नीति तथा कानुन यथाशीघ्र निर्माण गर्दै सामुदायिक, साझेदारी, निजी, कबुलियत तथा राष्ट्रिय वन अन्तर्गत रहेका उद्यानहरुलाई दीर्घकालीन उपयोग, स्वामित्व हस्तान्तरणको ब्यवस्था मिलाउन यो सम्मेलन माग गर्दछ ।

३. देशभरी रहेका उद्यानहरुको संरक्षण, सम्वद्र्घन र विकासमा समुदायले गरेको योगदानको कदर गर्दै राज्यले अभिभावकत्व लिने र समुदायले सञ्चालन र व्यवस्थापन गर्ने सम्वन्धमा राष्टिय नीति र कानुन निर्माण गरी कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दछ ।

४. उद्यानहरुको दर्ता, नियमन, सञ्चालन र व्यवस्थापनका लागि पर्यटन मन्त्रालय÷पर्यटन वोर्ड लगायतका सम्वन्धित निकायहरुवाट हुन यो सम्मेलन माग गर्दछ ।

५. सवै तहका सरकार मातहत रहने पर्यटन वोर्ड÷परिषद÷समितिहरुमा नेपाल उद्यान महासंघको प्रतिनिधित्व रहने व्यवस्था गर्न यो सम्मेलन माग गर्दछ ।
६. उद्यानहरुसंग लिइदै आएको वहाल कर, स्थानीय कर र पर्यटन करलाई खारेज गरी एकद्घार प्रणालीबाट एकल कर लिने व्यवस्था गर्न यो सम्मेलन माग गर्दछ ।
७. उद्यानहरुको विशेषता, क्षमताका आधारमा विशिष्टीकरण र विविधिकरण गर्न जरुरी भएको हुनाले प्राकृतिक तथा पर्यावरणीय, प्राणी, भौगर्भिक, साँस्कृतिक तथा ऐतिहासिक, वनस्पति, वाल तथा ज्येष्ठ, विज्ञान तथा सूचना प्रविधि जस्ता विषयगत पहिचानसहित स्वघोषणा गर्न यो सम्मेलन सवै उद्यानहरुलाई आहन गर्दछ ।
८. उद्यानहरु मनोरञ्जनका साथै पर्यटनको महत्वपूर्ण आधार, स्वस्थ जीवनशैली, वातावरण, कला, सस्कृति र सम्पदाको संरक्षण, जलवायु परिवर्तनका कारण भइरहेको मौसम परिवर्तनलाई सन्तुलनमा राख्न, सहरलाई सुन्दरीकरण गर्न र रोजगारीका अपार सम्भावनाको खोजी गर्नका लागि उद्यानहरुको संरक्षण, संवद्र्धन, सुरक्षा र विकास गर्न आवश्यक रहेकोले सार्वजनिक उद्यानहरुलाई संघीय, प्रादेशिक र स्थानीय तहमा वर्गीकरण गरी आ–आफ्नो विकास वजेटको न्युनतम ५ प्रतिशत वजेट विनियोजन गर्ने व्यवस्था गर्न यो सम्मेलन माग गर्दछ ।
९. नेपालमा उद्यानहरुको शुरुवात, विकास र उपलब्धिको बारेमा खोज, अध्ययन, अनुसन्धान र विवरण संकलन गर्न आवश्यक रहेको महसुस गर्दै यो सम्मेलन आगामी दिनमा प्राथमिकताका साथ सम्वन्धित सवैको सहयोगको अपेक्षा गर्दै उक्त कार्य प्रारम्भ गर्ने प्रतिवद्घता ब्यक्त गर्दछ ।
१०.विभिन्न पालिकामा रहेका सार्वजनिक, नदी किनार, नदी उकासमेतका जग्गाहरुको संरक्षण गर्ने आधारनै उद्यान रहेकाले एक टोल एक उद्यानको नीति वनाई तदनुसारको निर्माण र सञ्चालन गर्न यो सम्मेलन माग गर्दछ ।
११. राष्ट्रिय उद्यान, प्रादेशिक उद्यान, स्थानीय उद्यानका सम्वन्धमावर्गीकरणका स्पष्ट आधार र स्वामित्वलगायत सञ्चालन र ब्यवस्थापनका निम्ति एकीकृत नीति र कानुन यथाशीघ्र तर्जुमा गरी लागु गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
१२. नेपालमा सञ्चालित उद्यानहरुमा प्राविधिक रुपमा धेरै कमजोरी रहेको विषयलाई आत्मसात गर्दै आगामी दिनमा प्राविधिक रुपले पनि सुदृढ र व्यवस्थित गर्ने प्रतिवद्घता व्यक्त गर्दछौं ।
१२ बुंदे बुटवल घोषणा पत्र व्यवहारमा कार्यान्वयनमा आए पार्कहरु सञ्चालनका लागि सहज हुने बुटवल मणिमकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले बताएका छन् ।