राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा पुनः गणेश आचार्य

दाङ, जेठ १३ गते । राष्ट्रिय जनमोर्चा, दाङको पाचौं जिल्ला सम्मेलनले पुनः गणेश आचार्यलाई अधयक्षमा निर्वाचित गरेको छ ।
सम्मेलन शुक्रबारदेखि शुरु भएको थियो । शनिबार सम्पन्न सम्मेलनले गणेश आचार्यको अध्यक्षतामा २५ पूर्ण र ४ वैकल्पिक र ७ सल्लाहकार सहितको जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा महेश रिजाल, सचिव वसन्राज पौडेल शर्मा, सहसचिव कृष्णा राना र कोषध्यक्ष्यमा हरि खरेल चयन भएका छन् ।
७ सदस्यीय सचिवालयमा पदाधिकारी सहित शुक्रराज भण्डारी र केशवराज खनाल चयन भएका छन् ।

पूर्ण सदस्यहरुमा हुमादेवी मास्के, ठाकुर आचार्य, दिनमणि आचार्य, चन्द्रवहादुर नेपाली, नवराज शर्मा, शुसील पोखरेल, कपिलदेव खनाल, देववहादुर विक टुकमान कवर, ईश्वरी भण्डारी, दुर्गा भण्डारी, सिता पौडेल, वीरबहादुर चौधरी, हरि थापा, ठाकुर भण्डारी, कुलचन्द्र पोखरेल, रामप्रसाद पाखरेल, र चन्द्रबहादुर रावत चयन भएका छन् ।
त्यस्तै वैकल्पिक सदस्यहरुमा राम फकिरे रैदास, चम्फा भुषाल, विस्ना पौडेल र सर्मिला चौधरी चयन भएका छन् ।
यस्तै, सम्मेलनले नरबहादुर केसी, श्यामलाल पोखरेल, खडानन्द खनाल, दोर्ण घर्ती, ङनुकान्त आचार्य, पदम गोराथोकी र दुर्गा खनाललाई सल्लाहकार चयन गरेको छ ।

सम्मेलनले संगठनको सांगठानिक प्रतिवेदन, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

‘गणतन्त्र, धर्मनिपेक्षता तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेज गरौ, महङी, भ्रष्टचार तथा सवै खाले बेथितिको विरुद्ध पाचौं जिल्ला सम्मेलन सफल पारौ भन्ने मूल नाराका साथ आयोजना गरिएको जिल्ला सम्मेलनको उद्घाटन राजमो महासचिव मनोज भट्टले गरेका थिए ।
घोराहीस्थित शिरडी साई सभाहलमा सम्मेलन आयोजना गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष गणेश आचार्यले पार्टीलाई सही ढंगले अगाडी बढाउन र अमेरिकी, सामज्यवाद, भारतीय साम्राज्यवाद, विदेशी हस्तक्षेप, हरेक प्रकारका शोषण दमन र भ्रष्टाचारविरुद्व सम्झौताहिन संघर्ष गर्ने प्रतिवद्वा जाहेर गरेका छन् । उनले पार्टीले अगाडी सारेका हरेक कार्यक्रम जनताको घरदैलोमा लैजान र संघीयता बिरोधी आन्दोलनलाई शसक्त बनाउन लागि पर्ने बताए ।