नवलपरासीमा दम्पत्तीको हत्या

बुटवल, जेठ २३ गते । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तीको विभत्स हत्याभएको छ । गाउँपालिकाको वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षिय तीलकराम भेडिहार र उनका ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्याभएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए ।

उनीहरुको सोमबार राति हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालले बताए । उनीहरुको घर गाउँकै बैरिहवामा हो । घरमा छोरीछोरी बस्दै आएका थिए ।

उनीहरु भने गाई बस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । सोही गोठमा उनीहरुको हत्या भएको हो । हत्या भएपछि उनीहरुको शव आँगनमा फालिएको थियो । खेतिपाती गर्दै आएका दम्पत्तिको कस्ले हत्याग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।