रुपन्देही प्रहरीले समात्यो अबैध समान

बुटवल, जेठ २४ गते । रुपन्देही प्रहरीले अबैध समान बरामद गरेको छ । प्रहरीले विभिन्न ठाउंबाट साढे ११ लाख बराबरको अवैध सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१, भगवानपुरस्थित भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी लु १ च ३५२२ नम्बरको बलेरो पिकअप गाडीमा ल्याउँदै गर्दा काठको ढोका ५ वटा, पेन्ट (कलर) ३ बाल्टी (५० लिटर) र टायल ४० पेटी बरामद गरेको जनाएको छ ।

सामानको गाडीसहित अन्दाजी मूल्य ७ लाख ७ हजार ७ सय वरावर कायम गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।
वरामद सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया बुझाइएको उनले बताए ।

जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७, आवारोडस्थित भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी लु १ ह २६४३ नम्बरको अटो रिक्सामा ल्याउंदै गरेको २४ पेटी टायल पनि बरामद गरेको छ ।

टायल र अटोसँंगै प्रहरीले भारतको महाराजगंज थाना फरेन्दा घर भई हाल सिद्धार्थनगर नगरपालिका वडा नं. १३ भैरहवा बसपार्क बस्ने २४ वर्षीया औरेन्ज चौहानलाई पनि नियन्त्रणमा लिएको छ ।

अटो रिक्सासहित टायलको अन्दाजी मूल्य ४ लाख ४० हजार कायम गरिएको प्रहरी भनाई छ । वरामद सामान, मानिस र अटो रिक्सा आवश्यक कारवाहीको लागि भैरहवा भन्सारमा बुझाइएको डीएसपी अर्यालले जानकारी दिुभयो ।