बुटवलमा बजार अनुगम तीव्र, मापदण्ड विपरित व्यवसाय सञ्चालन

बुटवल, जेठ २४ गते । बुटवलमा बजार अनुगमनाई तीव्रता दिन थालिएको छ । हरेक क्षेत्रमा सुधार ल्याउने उद्वेश्यले अनुगमनलाई तीव्रता दिईएको हो ।
बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता हित संरक्षण मञ्च र सरोकारवाला निकायका प्रतिनिधिहरुको टोलिले बुटवलमा पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिन थालेको हो ।

विशेष गरेर दैनिक उपभोग्य वस्तुदेखि विभिन्न व्यवसाय अन्तर्गतका पसलहरु अनुगमन गरिएको छ ।
केही दिन अघि अनुगमन गर्दा बुटवलका भेटनरी पसहलको अनुगमन गरिएको थियो । अनुगनको क्रममा मापदण्ड तथा प्रचलित कानुन विपरित भेटनरी पसलहरुले समान विक्री वितरण गरेको पाईएको थियो ।

त्यस्तै बुटवलका केही फर्निचरहरुको अनुगमन गर्दा पनि प्रचलित नियम कानुन र मापदण्ड विपरित फर्निचर सञ्चालन गरेको भेटिएको थियो ।
त्यस्तै बुटवलमा सञ्चालित मासु पसहलहरुको पनि बेला बेला अनुगमन गर्ने गरिएको छ ।

बुटवलमा रहेका अधिकांस मासु पसलहरु पनि मापदण्ड विपरित सञ्चालन भएका र गुणस्तरहिन मासु विक्री वितरण गरेको पाइएपवछि अहिले मासु पसल अनुगमनलाई बढी प्राथमिकता दिईएको छ ।

बुधबार बुटवल उपमहानगरपालिका वडा नम्बर ३ गोलपार्क क्षेत्रका १० वटा मासु पसलहरु अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा मासु पसलहरु मापदण्ड पुरा नगरी मासु विक्री गर्दै आएको भेटिएको अनुगमन टोलिका सदस्य तथा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जीसीले बताए ।

पहिला भन्दा सुधारउन्मुख भेटिएपनि मासु पसलहरुमा सुधार ल्याउन अनुगमनलाई अझै तीव्रता दिन आवश्क रहेको जीसीले बताए । उपभोक्ता स्वास्थ्यलाई ख्याल गरी मापदण्ड अनुसार आआफ्ना समानहरु विक्री वितरण गर्न अनुगमन समितिले सुझाव दिएको छ ।

प्रचलित कानुनको पालना नगर्ने र मापदण्डा पालना नगर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याएर कारवाहीका लागि सिफारिस गर्ने बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन ।