तपाईहरु बनाउंदै जानुस हामिले उद्घाटन गर्दै जान्छौ – प्रधानमन्त्री

लुम्बिनी केबलकार उद्घाटन

बुटवल, जेठ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई आर्थिक रुपले चलायमान बनाउन आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् । कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताए ।

बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म जोड्ने लुम्बिनी केबलकारको विहीबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने – सरकार नीजि क्षेत्रको साथमा छ । उनले नीजि क्षेत्रसंगको सहकार्य विना अर्थतन्त्र बलियो नहुने र देशको सम्वृद्दि सम्भव नहुने बताए ।

देशको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला निजी क्षेत्रका तर्फबाट पर्यटकीय पूर्वाधारहरू निर्माण भएबाट मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको र यसले सकारात्मक सन्देश दिएको प्रधानमन्त्रीले बताए ।


रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको केबलकारको पर्यटकीय पूर्वाधारले स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने बताउंदै उनले भने –नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाई पनि लम्ब्याउन सकिन्छ ।

पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिने उनले बताए ।

हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको दावी गर्दै उनले भने – उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन ।पछिल्लो ६ महिनामा दुर्घटनाग्रस्त अर्थतन्त्रले लय समातेको र सअर्थतन्त्रमा सुधार आएको दलावी गरे । उनले अहिले धेरै मागेर मिल्ने हाम्रो परिस्थिती नभएको प्रधानमन्त्रीले बताए ।

भारतको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा भएबाट अब नेपालमा हाइड्रोपावरका क्षेत्रमा लगानीको बाटो खुलेको उनले बताए ।
नीजि क्षेत्रप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने – ठूला ठूला आयोजनाहरु तपाईहरु बनाउंदै जानुस हामिले उद्घाटन गर्दै जान्छौ ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले यहाँका पर्यटकीय क्षेत्रमा केबलकार संचालनसंगै थप पर्यटकलाई सुविधा दिने बताए । उनले १४ महिनामा ठूलो आयोजना सम्पन्न गरी देशमा विकास गर्न सकिने सम्भावनालाई उजगार गरेको बताए । निजी क्षेत्रबाट छिटो काम हुने तर सरकारी विकासका काम तोकिएको समयमा नहुने समस्यालाई तोड्ने गरी अघि बढ्न सरकारलाई उनले सुझाव दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संघीयतालाई बलियो बनाउन संसविधान अनिुसार प्रदेशलाई अधिकार दिनुपर्ने बताए । संघीय सरकारले प्रदेशलाई अधिकार नदिएकाले विकासका कामहरुले गतिलिन नसकेको बताउंदै अधिकार दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे ।

पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले लुम्बिनी केवलकार सञ्चालनमा आएकोप्रति खुशी व्यक्त गर्दै यसले पर्यटन विकासमा टेवा पुग्ने आर्थिक गतिविधि बढ्ने बताए ।

गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–नारायणगढ सडक बिस्तार जस्ता परियोजनालाई निरन्तरता दिन जरुरी रहेको उनले बताए । लगानी निजी क्षेत्रबाट भएपनि यसबाट सबैको आर्थिक सबलीकरणमा सहयोग मिल्ने पौडेलको भनाई छ ।
उनले देशको अवस्था माग्ने खालको नभएको बताउंदै अब पुराना चलिरहेका ठुलो आयोजनाहरु सम्पन्न गर्नका लागि सरकारले बजेटको व्यवस्थापन गर्दिनु पर्नेमा जोड दिए ।

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले संकटग्रस्त अहिलेको अवस्थामा लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्र धुलो टकटकाउँदै उठेर तंग्रिन खोजेको बताए ।
उनले लुम्बिनी केृवलकारले लुम्बिनी प्रदेशसंगै समगै देशको अर्थतन्त्रलाई टेवा पुराउने दावी गर्दै भने – देशकाम सबै प्रदेहरुका केवलकार चलाउने तयारी भएको छ भने ।

चीन र भारतमा झण्डै पौने तीन अर्ब जनसंख्या रहेकाले दुबै देशका हिन्दु र बौद्ध धर्मावलम्बीलाई मनन् गरेर पर्यटन नीति बनाएमा पर्यटक र समृद्धि खोज्न धेरै तिर भौँतारिनै नपर्ने बताए ।
केबलकार टिकटको आम्दानीको २ प्रतिशत रकम बुटवल र तिनाउ दुई पालिकाको विकासमा लगाइने उनले बताए ।

भारत उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री जगदम्बिका पालले भारतीय पर्यटकलाई भुलाउने सम्भावना देखिएको बताए । नेपालको साहसिक, धार्मिक र पर्यटकीय स्थलमा बाह्य पर्यटक ल्याउन र रमणीय स्थलमा घुमाउने थलो रहेको छ । लुम्बिनीसंगै नयाँ गन्तव्यका कारण नेपाल र भारतबिच जनस्तरमा थप भावनात्मक सम्बन्ध स्थापित हुनेछ”–उनले भने ।

कार्यक्रममा बोल्दै संघीय सांसद ठाकुर गैरे र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पर्यटन नै आर्थिक विकासको आधार भएको बताए ।
पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यो क्षेत्र ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र रहेको भन्दै यहाँको विकासमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

लुम्बिनी केबलकार उद्घाटन उधोग वाणिज्य महासंघ लुसम्बिनी प्रदेशका अध्यक्ष कृष्ण श्रेष्ठले नीजि क्षेत्र लगानी गर्न तयार भएपनि वातावरण नभएको बताउंदै लगानमैमैत्री वातावरण बनाइ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे ।

उनले लुम्बिनी प्रदेशमा नीजि क्षेत्रबाट पर्यटकीय क्षेत्रमा ८० अर्ब लगानी भएको र उक्त लगानी सुरक्षित नभएको गुनासो गरे । उनले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल चलाइ दिनसमेत प्रधानमन्त्रीलाई आग्रह गरे ।