दुर्घटनामा परी सुदूर पश्चिमका कानुन मन्त्री सिंहसहित तीनको मृत्यु

बुटवल, असार ५ गते । धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका सुदूर पश्चिमका कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु भएको छ ।
जीप दुर्घटनामा परी मृत्यु हुनेमा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी गराएका छन् ।
आज मंगलबार दिउसो १ः ४५ बजेको समयमा केदारस्यु गाउँपालिका–१ झारछडास्थित जयपृथ्बी राजमार्गमा डडेल्धुराबाट चैनपुर बझाङतर्फ जादै गरेको सु.प.प्र.०१००१ झ ४८० नं.को गाडी दुर्घटनामा परेको थियो ।
मन्त्रीसिंह सवार गाडी सडकबाट करिब ५० मिटर तल कालङगा नदीको किनारमा खसेको प्रहरीले जनाएको छ ।
तत्काल प्रहरी टोली खटिएर घाइते हरुलाई उपचारको लागि रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा लगिएको थियो ।