लुम्बिनीमा संकलित विदेशी पैसा साटिए

बुटवल, असार ६ गते । लुम्बिनी विकास कोषमा दान वपात संकलित अपरिवर्तित देशहरुको ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंक मार्फत सटही भएको छ ।
कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा सटही हुन नसकेको दानवापतको अपरिवर्तिय मुद्रा पहिलो पटक सटही भएको हो ।

लुम्बिनी विकास कोष र राष्ट्र बैंकवीच गत चैत २२ गते भएको सम्झौता अनुसार चैत २७ गते राष्ट्र बैंक सिद्धार्थनगर शाखालाई उक्त मुद्रा पठाइएको थियो । लुम्बिनी विकास कोषले मुचुल्का उठाएर श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश सहितका देशहरुको मुद्रा सटहीका लागि राष्ट्र बैंक भैरहवा कार्यालयले सिआईएमबी बैंक सिंगापुर पठाइएको कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी गराएका छन् ।

पाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले दान वापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन नसकेकोमा सिंगापुरस्थित सिआईवी बैंकबाट राष्ट्र बैंकको खातामा ५४ लाख २९ हजार ७ सय ३१ रुपैयां प्राप्त भएको राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेले जानकारी गराए ।

बैंकका उपनिर्देशक पाण्डेका अनुसार केही मुद्रा पूरानो भएकाले सटही हुन नसकेको बताउंदै पठाइएका मध्ये ९० प्रतिशत मुद्रा सटही भएका छन् । सोमबार राष्ट्र बैंकको खातामा रकम आएको र अब लुम्बिनी विकास कोषमा रकम पठाईने छ ।

गत चैत २२ गते कोषका तर्फबाट कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्ति प्रसाद पाण्डेवीच मुद्रा सटही गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।