ग्यास विक्रेता संघ तिलोत्तमाद्धारा होमडेलिभरी सेवा बन्द,डिलरहरु भने दिनको दुई घण्टा खुल्ने

तिलोत्तमा । रुपन्देही ग्यास विक्रेता संघ तिलोत्तमा शाखाले कोरोना संक्रमणलाई मध्यनजर गर्दै घरघरमा दिँदै आएको सेवालाई (होमडेलिभरी) स्थागित गरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहरले अवस्था गंभीर हुँदैगएको र सरकारले समेत लकडाउन गरेकाले होमडेलिभरी सेवा स्थागित गरेको शाखा अध्यक्ष ज्ञानेन्द्र बन्जाडेले जनाकारी दिए ।

ग्यास अतिआवश्यकीय सेवा भएकाले विहान र साझको समयमा जनस्वास्थयका मापदण्ड अपनाएर सेवा दिन पनि शाखाले भनेको छ । अवस्था हेरेर यो सेवालाई निरन्तरता दिने गरी अर्को सूचना नआउँदासम्मका लागि सेवा गर्न सवै डिलरहरुलाई परिपत्र गरिएको शाखा सचिव शालिकराम वस्तीले बताए । होमडेलिभरीबाट व्यवसायी समेत संक्रमित हुने खतरालाई मध्यनगर गरी सेवालाई बन्द गरिएको संघले जनाएको छ ।
ग्यास आपूर्तिका लागि विहान र साझ एक एक घण्टा सेवा दिने समेत अध्यक्ष बन्जाडेले बताए । ‘विहान ८ बजे देखि ९ बजे सम्म र साँझ ५ बजे देखि ६ बजे सम्म डिलरहरु खुल्ने गरी व्यवस्था मिलाएका छौँ । सोही अनुरुप बुझ्न ग्रहकहरुमा आग्रह गर्दछौँ’, उनले भने, ‘अवस्था जटिल बनेकाले बैशाख ३१ गतेबाट लागू हुने गरी होमडेलिभरी सेवा बन्द गरेका छौँ । डिलरहरुबाट भने सेवा दिन्छौँ ।’