झिमरुकमा रोकिएन नदीजन्य पदार्थको अबैध उत्खनन

प्यूठान, असार १३ गते । प्यूठान झिमरुक गाउंपालिकाको झिमरुक नदीमा अबैध रुपमा उत्खनन भैरहेको छ । स्थानीयले बिरोध गर्दा पनि नदीजन्य पदार्थको उत्खनन रोकिएको छैन । झिमरुक नदीबाट अबैध रुपमा भैरहेको गिट्टी, वालुवा र ढुंगा उत्खनन रोक्न स्थानीयले माग गरेका छन् । तर स्थानीयको मागप्रति कुनै सुनुवाई भएको छैन ।

प्युठान– झिमरुक– गाउंपालिका वडा नम्बर ३, ७, र ८ को लामासेरा, तुषाराको सम्पूर्ण फाँट अहिले मरभूमि जस्तै बनेको छ । क्रसर सञ्चालकहरुले ढुङ्गा, गिट्टी निकालेपछि खोलो गहिरो हुंदा धार र गहु उत्पादन हुने साठीमुरे फांट अहिले मरभूमि जस्तै बनेको हो ।

सम्वन्धित निकायहरु गाउंपालिका, जिल्ला समन्वय र प्रशासन मौन रहेको स्थानीय शुवास जीसीले बताएका छन् । जेठ महिनामा धान रोपिने साठीमुरे फांट अहिले असारको आदा महिना वित्नै लाग्दा पनि उक्त फांटमा धान रोपाई भएको छैन ।
झिमरुक गाउंपालिका वडा न ३ मा खोलीएको क्रसर उद्योगलाइ लिएर चासो र चिन्ता प्रकट भैरहेकाले सम्बन्धित निकाएको ध्यान जानुपर्ने स्थानीय माओवादी नेता विश्वबन्धु थापाले बताएका छन् ।
अबैध रुपमा धन्दा चलाएर केही व्यक्तिले उत्खनन् गरिरहेकाले तत्काल नरोके प्रतिवाद गरेर अबैध उत्खनन रोकिने राष्ट्रिय जनमोर्चा झिमरुक गाउं समितिका अध्यक्ष टिकाबहादुर जीसीले बताए ।

एमाले झिमरुकका अध्यक्ष इन्द्रमणी पोखरेलले उत्खनन भएको भन्ने सुनेको छु तर यो विषयमा केही जानकारी नभएको बताए ।
एमालेका जिल्ला र स्थानीय तहका नेताहरुले अबैध उत्खनन गरिरहेको स्थानीयको आरोप छ । एमालेका स्थानीय नेता मानबहादुर जीसी, श्रीधर रोका र वालाजु श्रेष्ठले उत्खनन गर्दै आएको आरोप छ ।

जिल्ला समन्वय समिति प्यूठानका संयोजक धरमबहादुर जीसीले मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने र मापदण्ड विपरित उतखनन भएको भन्ने सुन्नमा आएकाले अनुगमन गरेर रोकिने बताए ।
झिमरुक गाउंपालिकाका अध्यक्ष पितबहादुर एम्सीले नदीजन्य पदार्थ उत्खनन गर्न र क्रसर खोल्न पालिकाले सिफारिस नगरेको बताए । पालिकासंग कुनै सम्बन्धित विषय नभएकाले जथाभावी क्रसर खोलेर नदीजन्य पदार्थ उतखनन गर्न नपाइने अध्यक्ष पितबहादुर एम्सीले बताए ।

धान र गहु उत्पादन हुने साठीमुरे फांट अहिले नदीजन्य पदार्थ अबैध रुपमा बढी मात्रमा उत्खनन गरेपछि नदी गहिरिएको छ । अहिले नदी भन्दा सिंचाई हुने खेत अग्लो भएपछि फांटमा सिंचाइ हुन नसक्ने स्थानीयको गुनासो छ ।