“भोको पेट कसेरै होस्, हामी आत्मविश्वास बढाउँछौँ “

जीवनदीप प्रकृति

केही मुक्तकहरु
१.
कतिन्जेल यसरी राष्टियता र स्वभिमान अडाउँछौ ।
नयाँ पुस्तालाई अव के सिकाउँछौ ? के पढाउँछौँ ?,
अरु त गरम्ला सरकार, बेड र अक्सिजनको व्यवस्था गर ।
भोको पेट कसेरै होस्, हामी आत्मविश्वास बढाउँछौँ ।।

२.

यो पिडाले छुन्छ, कि छुन्न थाहा छैन्,
तिम्रो कोमल मन रुन्छ कि रुन्न थाहा छैन् ।।
मानवको अस्तित्व नै पर्यो संकटमा,
फेरि भेट हुन्छ कि हुन्न थाहा छैन् ।।

३.
घुमीफिरी घर भित्रै बस्ने दिन आए,
भोको पेटमा पटुकी कस्ने दिन आए ।।
डर त्रास, रोग अनि भोक शोक मेट्न ,
शहर छाडी फेरि गाउँ पस्ने दिन आए ।।
@बुटवल