भैरहवामा भिलासा पांचतारे होटल सञ्चालन

बुटवल, असार १४ गते । सिद्दार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले रपन्देहीको भैरहवामा पांचतारे होटल सञ्चालनमा ल्याएको छ । सिद्दार्थ बिजनेश गु्रपले पहिलो पटक भैरहवामा सिद्धार्थ भिलासा पांचतारे होटल सञ्चालनमा ल्याएको हो ।

बिहिबार भैरहवास्थित उक्त पांचतारे होटलमा पत्रकार सम्मेलन गरी सञ्चालकहरुले पांचतारे होटलबारे जानकारी गराएका छन् ।
करिब साढे २ अर्ब लगानी र लगभग ४ बिघा क्षेत्रफलमा पांचतारे होटल सञ्चानलन गरिएको सिद्दार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपानेले जानकारी गराएका छन् ।

अध्यक्ष न्यौपानेका अनुसार होटलमा सुविधा सम्पन्न ८५ कोठा, लबि लौउन्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेण्ट तथा स्विमिङ पुल, फिटनेस, जिन स्पा, साउना र ज्याकुजी सहितको हेल्थ क्लब सेवा, लङ टेनीस कोर्ट, गार्डेन, रहेको छ । होटलमा नेपालकै ठूला सभाहल, ३ वटा सेमिनार हल र एउटा मिटिङ रुम छन् ।

त्यस्तै मापदण्ड अनुसार क्यासिनो संचालन गर्नका लागि त्थ्यही किसिमको संरचना तथा कोठाहरु तयार गरिएको छ ।
३ सय बढी कर्मचारीले प्रत्यक्ष रोजगारी दिने गरी राष्ट्रिय अन्तर्राष्ट्रिय मापदण्ड अनुसार होटल सञ्चालन भएको र पूर्णरुपमा आगमी असोजदेखि सञ्चालन गरने अध्यक्ष चिन्तामणि न्यौपानले पत्रकार सम्मेलनमा जार।ी कारी गराएकमा छन् ।

‘गौतम बुद्धको जन्म तथा हालै मात्र संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक सञ्चालन भएको पांचतारे होटलको नियमित सेवा संचालनमा आउँदा, स्वदेशी तथा विदेशी अतिथिहरुको सेवाले सिङ्गो देशकै पर्यटन तथा आतिथ्यसेवामा टेवा पुग्ने सञ्चालकहरुको दाबी छ ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले व्यवस्थापकीय साझेदारी तथा आफ्नै एकल लगानी गरी होटल, रेस्टुरेण्ट, रिसोर्ट, क्याफे, होटल म्यानेजमेन्ट, हस्पिटालिटी इन्स्टिच्युट, ट्रेडिङ्ग, कृषि उत्पादन, आइटी सेवा लगायतमा काम गरिरहेको छ ।होटल सञ्चालनले नेपालको अर्थतन्त्र चलायमान हुने र पर्यटन व्यवसायिमा उत्सािह थपिने सञ्चालकहरुले बताएका छन् ।

सिद्दार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीको एकल लगानीमा कैलालीको टिकापुरबाट शुरु भएको व्यवसाय फस्टाउंदै जांदा अहिले कणाृलीको चिसापानी, नेपालगञ्जको धम्बोजीचोक र कारकांदो, रुपन्देहीको बुटवल, भैरहवा, सुर्खेत, चितवनको चुम्लिङटार, काठमाण्ढडौको सुन्धारा, तिनकुने, पुरानोृ बानेश्वर, बौद्द, ललतिपुरको धोविघाटमा होटल तथा रेष्टुरेण्टहरु सञ्चालनमा छन् ।