झिमरुकको अबैध दोहोनबारे यसो भन्छन स्थानीय युवा

माधव केसी
स्थानीय थुप्रै युवाहरुको प्रत्यक्ष बिरोध र धेरै जसोको चासो र चिन्ताका बिच दोहन कार्य चलिनै रहयो । क्रसर संचालनका लागि गर्नुपर्ने बांकी कामहरु भैरहे । हामी मौन थियौ । यस बिचमा हामिलाई धेरैले चासोका साथ सोध्नु भयो की यसमा तिमिहरुको बुझाइ र धारणा के हो ?
हामिले भन्यौं यो वासिङ प्लान्टका नाममा संचालन गर्न लागिएको क्रसर अवैध छ। भैरहेको दोहन कार्य पनि अवैध नै हो । जहाँ सबै मिलेर लुट्ने काम हुदैछ। यसमा हाम्रो पुरै बिरोध छ। यसलाई रोक्नु पर्छ । 
यो अवैध कार्य रोक्न, बन्द गर्न, गराउन स्थानीय सरकार, जिल्ला प्रशासन भनम या सम्बन्धित निकायहरुको भुमिका कस्तो रहनेरैछ हामि त्यतिमात्र हेरिरहेका छौ भनेर भनेका थियौैं । तर यि सम्बन्धीत सबै निकायहरु मौन रहेको देखियो। प्रत्यक्ष, अप्रत्यक्ष रुपमा धेरैको चासो र बिरोधका बिच पनि यिनिहरु सुतिनै रहे अवैध कारोबारीहरुले निर्बाध रुपमा आफ्ना काम गरिनै रहे।
अहिले खोला दोहन हुदाका परिणामहरु देखिदै छन्।भोलिका दिनमा यसले पुराउने नोक्सान ज्यादै ठुलो हुनजाने छ, र यो संचालन गर्न खोजिएको क्रसर आफैमा मापदण्ड बिपरित रहेकाले अव त्यो मापदण्ड बिपरितको अवैध क्रसर रोकिन्छ बन्द हुन्छ कि हुदैन ? सम्बन्धित निकायहरुले कही गर्ने हुन कि यिनिहरु लाचार जस्तै बनेर बस्ने हुन् ।
आजसम्म हामिले अवैध कार्यको रोकतोक सम्बधीत निकायले नै गरोस भनेर चुप लागेका हौं। सम्बन्धित निकाय लाचार नै बन्ने हो भने अवैध रुपमा जम्मा गरिएको मिस्कट र अवैध क्रसर रोक्ने÷बन्द गर्ने गराउने काम हामी गर्छौं। जनतालाई दुःख दिने र अबैध रुपमा लुट्ने कुरा कदापी मान्य हुने छैन्।