कांग्रेस रुपन्देही २ मा विबाद भएपछि प्रहरी परिचालन

बुटवल, असार १६ गते । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा विबाद भएको छ । काँग्रेसको संस्थापन र इतर पक्षबीचको गुटका कारण विबाद भएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहेको कार्यक्रममा विबाद भएको हो ।

गुटका आआफ्नै स्वार्थ भएपछि विबाद भएको उक्त कार्यक्रममा सहभागी एक कांगे्रस कार्यकर्ताले बताएका छन् । आन्तरिक विवादले उग्ररुप लिएपछि प्रहरी परिचालन गरिएको छ । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण बोले निस्किएपछि संस्थापन पक्षधर नेपाल विद्यार्थी संघ रुपन्देहीका सभापति सन्दीप पौडेल लगायतका विद्यार्थी नेताहरुले आफूहरुलाई आसनग्रहण नगराएको भन्दै प्रश्न उठाएका थिए । आसन ग्रहणको विषयमा भएको विबाद उग्ररुप लिएपछि प्रहरी परिचालन गरिएको बताईएको छ ।

विबादले उग्ररुप लिएपछि कार्यक्रमस्थलमै हाताहालाहालको अवस्था सिर्जना भएको थियो । संस्थापन पक्षका विद्यार्थी नेताले कार्यक्रमस्थलमा नाराबाजी गर्दै ब्यानर च्यातेको इतर पक्षका विद्यार्थी नेताको आरोप छ ।

आमन्त्रण नै नगराएका व्यक्तिहरुले आसनग्रहण नगराएको भन्दै कार्यक्रम बिथोलेर अराजकता निम्त्याएको इतर पक्षको आरोप छ ।