कमरेड लेनिन र माओबाट सिकौं

ढुण्डिराज शर्मा
कमरेड लेनिन भन्नु हुन्छ,एउटा झिल्कोले डढेलो लाग्न सक्छ। हुन पनि त्यस्तै भयो,सन१८९६ सालमा रसियन सामाजिक जनवादी पार्टीको स्थापना भयो र अक्टुवर १९१७ मा २१ वर्षको छोटो अवधीमै महान लेनिनको नेतृत्वमा रसियन कम्यूनिष्ट पार्टीले पृथ्यीवीको एक तिहाई भूभाग भएको देश रूसमा अक्टोवर समाजवादी क्रान्ती सम्पन्न गर्न सफल भयो।
उहांले प्रथम विश्व युद्धको बिरोध गर्नुभयो र पूर्वी युरोपका सम्पूर्ण कम्युनिष्ट पार्टीहरूलाई विश्वयुद्धको जोडदार विरोध गर्न भन्नु भयो र विरोधीहरू एक आपसमा लडीरहेको वेला आफ्नो पंक्षमा क्रान्तिकारी उपयोग गर्न लगाउनु भयो। तर रूसको भन्दा वलीयो संगठन भएका पूर्वी युरोपका मुलुकहरूले क्रान्ती सम्पन्न गर्न सकेनन तर ठोस परिस्थितिको ठोस मुल्याडकन गर्न सक्ने असाधारण क्षमताका धनी महान लेनिनले अक्टुवर क्रान्ति सफल पारेर विश्व समुदायको अगाडि पूजीवादको विकल्प पेस गर्नुभयो ।

चीनमा कमरेड माओले पनि लेनिन र लेनिनवादलाई पछ्याऊनु भयो र भन्नुभयो,एउटा झिल्कोले सारा जंगल डढाउन सक्छ। उहाले अझै अगाडि वढेर भन्नु भयो”बहादुरहरूले मात्र बादशाहलाई घोडावाट खसाल्न सक्छन”।क.माओले सन२०२१ मा चीनीया कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो र २८ वर्षको छोटो अवधीमै सन २०४९ मा नयाकक जनवादी क्रान्ति सम्पन्न भयो।
संसारभरका साम्राज्यवादी देशहरू जापान,अमेरिका,वेलायत,पोर्चुगल लगायत मुलुकहरूले चीनलाई लुछिरहेका थिए।कुकुरले हड्डी चुसे जस्तै एक आपसमा लुछाचुडी गर्दै चीनीयाकक भूभाग माथि कव्जा जमाई रहेका थिए।जापानी सेनाले लाखौ चीनियाकक महीलाहरू माथि हत्या,हींसा,वलात्कार गर्ने,बन्धक वनाएर अनेकौ यातना दिन्ने,यौन हींसा गर्नेगर्दथे।वाघको छालामा स्यालहरूको रजाई थियो।सारा चीनीया जनतालाई अफीमले लठ्याएका थिए। चीनका अमुल्य प्राकृतिक स्रोत साधनहरू,धन दौलतहरू,सुना चाककदी,हीरा मोती जस्ता धातुहरू मुख्य मुख्य बन्दरगाहहरू कब्जा गरेर आ–आफ्ना मुलुकमा ओसारिरहेकाका थिए। उता कोमिन्ताड पार्टीका नाईके च्याडकाईसेक भने आफ्नो सत्तालिप्साको लागी जस्तोसुकै राष्ट्रघाती हर्कत गर्न तयार भएर ऊनै बिदेशी साम्राज्यवादी लुटेराहरूको दलाली चाकरी गरेर कुर्चीको जोगाउने खेलमा मस्त थियो।

यस्तो जटील परिस्थितिमा चीनीयाकक कम्युनिष्ट पार्टी एक्लैले देशी, विदेशी प्रतिकृयावादी साम्राज्यवादी शक्तिलाई परास्त गरी देशलाई ऊनीहरूको चंगुलबाट मुक्त गर्न सक्ने सामर्थ्य थिएन।तसर्थ माओले प्रतिकृयावादी च्याडकाईसेकलाई संयुक्त मोर्चामा आऊन बाध्य पार्नुभयो र जनमुक्ति सेना र सरकारी सेनाको संयुक्त प्रत्याक्रमणवाट साम्राज्यवादी शक्तिहरूलाई परास्त गर्न सफल हुनुभयो।विदेशी हरूलाई चीनवाट लखेटी सके पछि अव कमड माओले रणनीति चेन्ज गरी च्याडकाईसेकको प्रतिकृयीवादी कोमिन्ताड सरकारको विरूद्ध मोर्चा कस्नु भयो।दोस्रो विश्वयुद्धको प्रभाव चीनमा पनि पर्दै गयो। ससक्त बन्दै गएको चीनीया कम्युनिष्ट पार्टीले विश्वयुद्धको बिरोध गर्यो र साथै यसलाई क्रान्तिको पक्षमा ऊपयोग गर्ने निर्णय गर्यो र आफ्नो संपूर्ण शक्ति क्रान्तिमा लगायो।फलस्वरूप सन १९४५ मा विश्वयुद्घ समाप्त भयो।सन १९४९मा विश्वको एक तिहाई जनसंख्या भएको चीनमा नयाकक जनवादी क्रान्ति सफल भयो।रूस वाट निस्केको डढेलोले चीनका दुशमन शक्तिलाई मात्र डढाएन डढेलोको राप र तापले विश्वभरका पुजीवादी शक्तिहरूको मुटु हल्लाई दियो।

समाजको विकास क्रमलाई कसैले रोक्न सक्दैन।दास युगलाई आदिम साम्यवादी युगले रोक्न सकेन,सामन्तवादी युगलाई दास युगले रोक्न सकेन,पुजीवादी युगलाई सामन्तवादी युगले रोक्न सकेन भने समाजवादी क्रान्तिलाई कुनै पनि हालतमा पुजीवादले रोक्न सक्ने छैन।ढीलो वा चाककडो क्रान्ति निश्चित छ।पुककजीपति वर्गले आजको विश्वमा पुककजीवादी संकट समाधान हैन व्यवस्थापन मात्र गरेका हुन।हरेक पदार्थको गति समाज विकासको गति वा ऐतिहासीक द्वन्दात्मक भौतिकवादको नियमले यही भन्छ, समाजवादी क्रान्ति अवश्यम्भावी छ।एऊटा झिल्कोले सारा संसारभरका शोषित पिडीत जनताका दुस्मनहरूलाई डढाऊन सक्ने छ।
धन्यवाद