सहज रुपमा मल उपलब्ध गराउन राजमो दाङको माग


महेश रिजाल
भालुवाङ, असार १९ गते । राष्ट्रिय जनमोर्चा दाङले पहुँचवालाले मल स्टक राखेर पहुंचको आधारमा बाड्ने काम भएको बताएको छ । सरकारले मलको पर्याप्त स्टक रहेको बताइरहेकै बेला किसानले खेतीपातीको समयमा मल नपाएको भन्दै राष्ट्रिय जनमोर्चाले आपत्ती जनाएको छ ।

राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले किसानलाई सहज रुपमा मल, विउ उिपलब्ध गराउन सरकासंग माग गरेका छन् । २०८० असार १९ गते अध्यक्ष आचार्यले विज्ञप्ती जारी गरी सरकारले किसानका समस्या बुझ्न नसकेको र सरकार किसानमैत्री नभएको बताएका छन् ।
मलका लागि सहकारीमाथि दोष थुपार्ने तथा सहकारीले मलको बहानामा जबर्जस्ती सेयर सदस्य बढाएकोमा आपत्ति प्रकट गर्दै राजमो दाङले मलको सहज आपूर्तिका लागि सरकारसँग माग गरिएको छ ।


“खेतीकिसानीको यो बेलामा रासायनिक मलमा देखिएको अव्यवस्थाले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा किसानको हितको पक्षमा बारम्बार मुद्दा उठाउँदै आएको छ । अहिले मलको जुन समस्या देखिएको छ, यो विषयले हाम्रो ध्यान खिचेकाले यो प्रेसविज्ञप्तिमार्फत् सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहान्छौँ । विज्ञप्तीमा उल्लेख छ ।
सरकार मल पर्याप्त रहेको र मलको समस्या नरहेको कुरा बारम्बार बताइरहेको छ तर वास्तविक साना किसानलाई मलको ठुलो समस्या देखिएको छ । स्थानीय सरकारको जिम्मेवार पद र नेतृत्वमा भएकाहरूसमेतबाट पहुँचवालाले मात्र मल पाउने गरेको र उनीहरूले हिउँदे खेतीको लागि समेत मल स्टक गरेको कुरा आइराखेको छ । को हुन् ती पहुँचवाला ? खेतिकिसानी गर्नेहरू नै मलको पहुँचवाला हुनुपर्ने होइन र ? यस्तै कुराले नै गणतन्त्रको उपहास गरिराखेको छ । यो कुरा राष्ट्रिय जनमोर्चाका लागि स्वीकार्य हुँदैन र हामीले कडा शब्दमा यसको निन्दा गर्न चाहान्छौँ । विज्ञप्तमिा भनिएको छ ।
सहकारीलाई दोष थोपरेर सरकार पन्छने गरेको छ । जनताको घर घरमै पुग्ने नाटक मञ्चन गरेर तीन तहको सरकार बनेको होइन र ? अनि, अहिले त्यहीँ मल पु¥याउनका लागि सहकारी गुहार्नुपर्ने किन ? के सहकारी सरकारकै अङ्ग हो ? सबै नागरिक सहकारीमा जोडिनैपर्ने हो ? यही मौकामा सहकारी सञ्चालकहरू जबर्जस्ती सहकारीको सेयर सदस्य थपेका छन् । सरकारको योभन्दा निरीहता केही हुन सक्दैन । हामीलाई यो कुराले गम्भीर ध्यानाकर्षण गराएको छ । हामीले यस्ता कार्यको निन्दा गर्दछौँ र सरोकारवालाको ध्यानाकर्षण गराउन चाहान्छौँ ।
जति नै मलको समस्या नरहेको कुरा सरकारले बारम्बार गरे पनि अहिले पनि मलको सहज आपूर्ति नभएको देशभरका किसानहरुको गुनासो छ ।
विज्ञप्तीको पूर्णपाठ
राष्ट्रिय जनमोर्चा
जिल्ला समिती दाङ देउखुरी
बिषय – प्रेस बिज्ञप्ती
खेती किसानीको यो बेलामा रासायनिक मलमा देखीएको अब्यबस्थाले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा किसानको हितको पक्षमा बारम्बार मुद्दाहरु उठाउदै आएको छ । अहिले मलको जुन समस्या देखीएको छ । यो विषयले हाम्रो ध्यान खिचेकोले यो प्रेस बिज्ञप्ती मार्फत सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहान्छौ ।
सरकार मल प्रयाप्त रहेको र मलको समस्या नरहेको कुरा बारम्बार बताइरहेको छ । तर वास्तविक साना किसानहरुलाइ मलको ठूलो समस्या देखीएको छ । स्थानीय सरकारको जिम्मेवार पद र नेतृत्वमा भएकाहरु समेतबाट पहुँचवालाहरुले मात्र मल पाउने गरेको र उनिहरुले हिउदे खेतीको लागि समेत मल स्टक गरेको कुरा आइराखेको छ । को हुन ती पहुँचवालाहरु ? खेती किसानी गर्नेहरु नै मलको पहुचवाला हुनुपर्ने होइन र ? यस्तै कुराहरुले नै गणतन्त्र को उपहास गरीराखेको छ । यो कुरा राष्ट्रिय जनमोर्चाको लागि स्वीकार्य हुदैन र हामिले कडा शब्दमा यसको निन्दा गर्न चाहान्छौ । सहकारी लाई दोस थोपरेर सरकार पन्छ्ने गरेको छ । जनताको घर घरमै पुग्ने नाटक मंचन गरेर तीन तहको सरकार बनेको होइन र ? अनि अहिले त्यही मल पुराउनको लागि सहकारी गुहार्नु पर्ने किन ? के सहकारी सरकार कै अंग हो ? सबै नागरिक सहकारीमा जोडीनै पर्ने हो ? यहि मौकामा सहकारी संचालकहरु जबर्जस्त सहकारीको सेर सदस्य थपेका छ्न । यो भन्दा निरहियता सरकारको केही हुन सक्दैन । हामिलाइ यो कुराले गम्भीर ध्यानाकर्षण गरेको छ । हामिले यस्ता कार्यको निन्दा गर्दछौ र सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहान्छौ ।
जति नै मलको समस्या नरहेको कुरा सरकारले बारम्बार गरेपनी अहिले पनि मलको सहज आपूर्ति भैराखेको छैन । तत्काल सहज आपूर्ति र आम किसानले सहज बाताबरणमा मल पाउने ब्यबस्थापन मिलाउन सरकार र सम्बन्धित सरोकारवाला शीत जोडदार माग गर्दछौ ।
मिति २०८०÷०३÷१९
गणेश आचार्य
अध्यक्ष





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










