मणिमुकुन्दले उत्कृष्ट, गरिव तथा जेहेन्दार विद्यार्थीलाई छुटसहित निःशुल्क पढाउने

बुटवल, असार २३ गते । बुटवलको मणिमुकुन्द कलेजले स्थापनाकालदेखि शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गरेको बताएको छ । अध्ययनसंगै खेल क्षेत्रको विकासका लागि खेलाडी उत्पादनमा पनि उत्कृष्टता हासिल गरेको कलेजको दाबी छ ।

शनिबार कलेजले पत्रकार भेटघाट गरी कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले अहिलेसम्म उत्कृष्ट नतिजा निकालिएको बताए । सही प्रकारको शैक्षिक योजनाले विद्यार्थी आकर्षण गरी उत्कृष्ट नतिजा निकाल्न कलेज सफल भएको प्राचार्य क्षेत्रीको भनाइ छ । अतिरञ्जिच प्रचारबाजी गरेर विद्यार्थी र अभिभावकलाई भ्रममा पार्ने काम मणिमुकुन्द कलेजले नगरेको प्राचार्य क्षेत्रीले बताए ।

कलेजका विज्ञान संकाय संयोजक लक्ष्मण गैरेले विभिन्न शैक्षिक सत्रहरुमा मणिमुकन्दबाट अध्ययन गरेका विद्यार्थीले नेपाल सरकारले प्रदान गर्ने छात्रावृत्तिको परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए । विद्यालयले कक्षा ११ र १२ मा नयां शैक्षिक सत्रका लागि पनि सोही मान्यतालाई आत्मसाथ गर्दै व्यवस्थापनतर्फ विहानी र दिवा गरी ३ सय जना तथा विज्ञान संकायमा पनि विहानी र दिवा कक्षाका लागि ३ सय जना विद्यार्थीलाई भर्ना लिइने उनले जानकारी गराएका छन् ।


व्यवस्थापन संकायका संयोजक पशुपति चौधरीले खेलकूंदबारे जानकारी गराउंदै पढाईसंगै खेलमा कलेजले फरक परिचय बनाउन सफल भएको दाबी गरे । कलेजले नयां शैक्षिकसत्रका लागि कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीलाई असार २६ गते प्रवेश परीक्षा सञ्चालन गरिने बताएको छ ।

व्यवस्थापन तथा विज्ञान संकायमा अध्यापक गराउने क्याम्पसले कक्षा ११ र १२ को नयाँ शैक्षिक सत्र सञ्चालनको तयारीसंगै हालसम्म गरेका शैक्षिक प्रगतिहरु सार्वजनिक गरेको छ ।
मणिमुकुन्दमा अध्ययन गरी उच्च शिक्षामा रहेका आशिष यादवले २०७९ सालको एमबीबीएस छात्रवृत्ती प्रवेश परीक्षामा नेपालकै छैटौं स्थानमा नाम निकाल्न सफल भएका छन् ।
अन्य ४ जनाले उक्त परीक्षामा नाम निकाल्न सफल भएका छन्। यसैगरी बीई छात्रवृत्ती प्रवेश परीक्षामा १० जना, अन्य मेडिकल कोर्षमा १३ जना, एप्लाइड साइन्समा ५ तथा सिएका लागि ३ जनाले नाम निकाल्न सफल भएको कलेजले जनाएको छ ।
विद्यालमा अध्ययन गरेका वीरबहादुर खत्री टिकटक कम्पनीको प्रोग्रामिङ इन्जिनीयर भएर काम गरिरहेका छन् भने विशाल गौतम गुगल कम्पनीमा इन्जिनीयरका रुपमा रहेका छन् ।
कलेजले शनिबार कलेजमै आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा २०७९ सालदेखि २०७९ को शैक्षिक सत्रसम्म कलेजले हासिल गरेको उत्कृष्ट नतिजा सार्वजनिक गरेको छ ।
कलेजले अहिलेसम्म २० जना विद्यार्थीले शैक्षिक क्षेत्रमा उत्कृष्टता नतिजा ल्याउन सफल भएको विद्यार्थीको नाम पनि कलेजले सार्वजनिक गरेको छ ।

उत्कृष्ट, गरिव तथा जेहेन्दार विद्यार्थीलाई छुट र आवश्यक अनुसार निःशुल्क पढाउन सकिने प्राचार्य टुकबहादुर क्षेत्रीले बताए ।