नवलपरासीमा देवरले गरे भाउजुको हत्या

बुटवल, असार २५ गते । दाजुलाई कुरा लगाएको भन्दै नवलपरासीमा एक युवाले भाउजुको हत्या गरेका छन् । रामग्राम नगरपालिका–१० मंझरियाका २७ वर्षीय चन्दन चौधरीले २६ वर्षीया मिरा चौधरीको गएराती हत्या गरेका हुन् ।दुई भाई मध्येका चन्दन कान्छा हुन् ।

जेठा दाई रोजगारीका शिलशिलामा विदेशमा छन् । चौधरीका बाबुले २ कठ्ठा जग्गा बेचेर दाजुको विवाह गराई दिएका थिए । प्रहरीका अनुसार गाउंमै बस्दै आएका चन्दनले दाजुलाई दिएजति जग्गा बेचेर आफूको विवाह गरिदिन बाबुलाई दबाब दिदैं आएका थिए । उनीहरुको अंशबण्डा भएको छैन । जग्गा बेच्नद बाब दिएपछि बाबुले आफ्नो भागमा पर्ने अंश लिएर विवाहग र्न चन्दनलाई भन्दै आएका थिए । तर अंश नभई संगोलकै जग्गा बेच्न भन्दै दिनहुं झगडा गर्ने गरेको प्रहरीले जनाएको छ ।

जग्गाको विषयलाई लिएर सधैं बाबुसंग झगडा गर्ने गरेको भन्दै मृतक मिराले मोबाइलबाट आफ्ना पतिलाई खबर गरिरहेको अवस्थामा पछाडीबाट मोटरसाइकलको सकरले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथाच डिएसपी भोजराज पाण्डेले जानकारी गराएका छन् ।
प्रहरीका अनुसार दाजुलाई कुरा लगाएको भन्दै चन्दनले भाउजुको हत्या गरेका हुन् । टाउकोमा गम्भीर चोट लागेपछि मिराको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।
हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरी आवश्यक कानुनी प्रकृया अघि बढाइएको प्रहरीले बताएको छ ।