मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ

बुटवल, असार २५ गते । मोटरसाइकल चोरीमा संलग्नहरुलाइृ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले मोटरसाइकल चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । चोरीमा संलग्न युवाहरुलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर्षीय तरुन राना, तिलोत्तमा नगरपालिका–६ का २५ वर्षीय हितेश राना, २४ वर्षीय दिपेश थापा, तिलोत्तमा–४ बस्ने १८ वर्षीय अमाकाश नेपाली, नवलपरासी रामग्राम नगरपालिका–१४ बस्ने ४३ वर्षीय सुनिल कुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई हाल तिलोत्तमा ५ बस्ने २६ वर्षीय सरोज थापा, सोही ठेगानाका २६ वर्षीय दिपक रेगामी, बाग्लुङ बरेङ गाउँपालिका ५ घर भएका १९ वर्षीय आशिष सामत उनका दाइ २० वर्षीय दिपक सामत, बरेङ ५ कै २९ वर्षीय गारे भन्ने प्रमोद पुर्जा, र २२ वर्षीय मिलन खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न समूह बनाएर बुटवलसहित रुपन्देहीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी विक्री गर्नेहरुलाइ पक्राउ गरिएको ईला प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताएका छन् । प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार चोरीका घटना बढ्न थालेपछि प्रहरीको  विशेष अनुसन्धान टोली परिचालन गरी मोटरसाइकल चोरीमा संलग्नहरुलाई पक्राउ गरिएको हो ।

रुपन्देही, काठमाडौं, बागलुङ, नवलपरासीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीले हराएर १४ वटा मोटरसाइकल फेला पारी सार्वजनिक गरेको छ । भेटिएका मध्ये ७ वटा मोटरसाइकलका धनी भेटिएका छन् । प्रहरीले मोटरसाइकल चोरीको धन्दानै चलाएकाहरु अझै समातिने बताएको छ ।