कपिलवस्तुकी गीतालाई अर्काे बज्रपात, सर्पले टोकेर दुवै छोराको मृत्यु


बुटवल, असार २६ गते । तीन महिना नपुग्दै कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं १ कपासी निवासी गीता भुसाललाई जीवनमा सबैभन्दा ठूलो बज्रपात परेको छ ।
श्रीमान गुमाएको तीन महिना नपुग्दै गीताले दुई नाबालक छोरा गुमाउनु प¥यो ।

गत बैशाख ७ गते श्रीमान गुमाएकी गीताले यही २०८० असार २६ गते मंगलबार दुइ छोरा पनि गमाएकी छन् । जसले गर्दा उनको जीवनमा सबै भन्दा द्धचोट परेको छ । गीताका श्रीमान् बाबुराम भुसालले गत वैशाख ७ गते आत्महत्या गरेका थिए । ९ वर्ष र १२ वर्षका छोराहरुलाई सर्पले टोकेर मृत्यु भएको छ । श्रीमान् गुमाएपछि दुई छोरालाई एक्लै हुर्काउनुपर्ने दायित्व बढेपछि गीता बाध्यताले श्रीमान बितेपछि रोजगारीका लागि बिदेश गएकी थिइन ।

सर्पले टोकेर छोरोहरुको मृतयु हुनुभन्दा २५ दिन अगाडी उनी बैदेशीक रोजगारकिा लागि दवुै उडेकी थिइन । नाबाल दुई छोरालाई आफ्ना हुजरबा र हजुर आमको साथमा छोडेर विेद गएको महिना दिन नपुग्दै छोराहरुको मृत्युले गीताको जीवनमा सबै भन्दा ठूलो बज्रपात भयो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १ कपासी कपिलवस्तुकी गीता दुबई गएको एक महिना नहुंदै घरमा दुवै छोरा एकैपटक एकैदिन गुमाएको खबर उनका लागि ठूलो पींडा बन्यो । गरिबीका कारण श्रीमान गुमाएको छोटो समयमै विदेश जानु उनकालाई रहर थिएन, बाध्यता थियो ।

नाबालक छोराहरुको शिक्षा, पालनपोषण र बुढाबुढी सासु ससुरा पाल्नुपर्ने उनको व्यवहारिक समस्या थियो । त्यसैले उनी मनमा गांठो पारेर नाबालक छोराहरुलाई पढाई लेखाइ गरेर ठूलो मान्छे बनाउने सपना थियो । तर तिनै सपना आज गीताका लागि चकनाचुर भए ।
सोमबार राति गीताको घरमा अर्को विपत्ति आइलाग्यो । आफ्नै हजुरआमासँगै सुतेका उनका दुई छोराहरुलाई सर्पले टोक्यो र मंगलबार दुवै छोराको मृत्यु भयो ।
छिमेकीहरुका अनुसार सुरुमा सर्पले टोकेको भन्ने थाहा भएन । सामान्य होला भनेर केही समय घरेलु औषधी उपचार तिर लागियो । जब बढी हुन थालेपछि बिहान ४ बजेको समयमा दुवै जनालाई गोरुसिंगेको बुद्ध पोलिक्लिनिकमा लगियो । तर त्यहां उपचार हुन नसकेपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पुराएपनि बचाउन सकिएन गीताका दुवै छोराहरुलाई ।
हजुर आमासँगै भूँइमा बिस्तारा लगाएर सुतेका उनीहरु दुवै जनाकोो टोकाइबाट मृत्यु भएपछि भुसाल परिवारमा ठूलो बज्रपात परेको छ ।
परिवारमा बुढा हजुरबुबा आमासँगै बस्दै आएका ९ वर्षका प्रदीप भुसाल र १२ वर्षका दीपक भुसाललाई समयमै सर्पले डसेको थाहा भएको भए गोरुसिंगेमै रहेको सर्पदंश उपचारमा लगेर बचाउन सकिने छिमेकी बाबुराम अर्याल बताउछन् ।
मृतक ९ वर्षका प्रदीप भुसाल र १२ वर्षका दीपक भुसालले गोरुसिंगेको पारिजात बोर्डिङ स्कुलमा पढ्दै आएका थिए ।
प्रदीप र दीपक भुसालको मृत्युको कारण अस्पतालको रिपोर्ट अनुसार सर्पदंशको भएकाले समयमै उपचार गराउन सकिएको भए बचाउन सकिने बताउछन् कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारी ।
हजुरआमालाई अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरी उपचार गरिदै छ । अवस्था सामान्य रहेको बताईएको छ ।
यस्तै कपिलवस्तुमै सोमबार सर्पले डसेको थाहा नहुँदा थप दुई महिलाको मत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिकाका ३१ वर्षीया अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका वर्ष १४ की ममता चमार छन् ।
वर्षात शुरुभएसंगै तराई क्षेत्रमा सर्पको विगबिगी बढेको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










