बुटवलको सार्वजनिक सुनुवाईमा सहभागीले दिए सुझाब

असार २७ गते । बुटवल उपमहानगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । बुधबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने सहभागिले खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, विद्युत, सडक बत्ती, फोहोर, ज्योतिनगरको पहिरो, हाटबजार, सुकुम्वासी समस्या र छाडा चौपायांको उचित व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकालाई आग्रह गरेका छन् । साथै बुटवलको शान्ति सुरक्षा, पार्किङको विषयमा पनि उपमहानगरपालिकालाई ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् ।

उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने सहभागिहरुले वर्षौदेखि तिनाउ खोलाको मुहानबाट धमिलो पानी खानुपर्ने बाध्यथता अहिले पनि कायम रहेको बताए ।
बुटवलदेखि पाल्पाको नुवाकोट सञ्चालन भएको केवल कारका कारण पहिरो जांदा वस्ती जोखिममा रहेको र खानेपानीलाई दुषित बनाएको त्य विषयमा तत्काल निकास निकाल्न सहभागिले माग गरेका छन् ।


उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्ने प्रतिवद्वता जनाए । बुटवलका हरेक समस्याहरु क्रमस समाधान हुंदै गएको र बांकी रहेका सबै काम नगरवासीले देख्ने गरी काम गर्ने बताए । उज्यालो र हरियाली बुटवल बनाउने गरी योजनाका साथ काम भैरहेको  उनले भने  । खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, विद्युत, सडक बत्ती, फोहोर वयवस्थापन गरिने बताउंदै बुटवलका लागि समस्यामा रहेको ज्योतिनगरको पहिरो व्यवस्थापनका लागि केन्द्रिय बजेट कम रहेको बताए । ज्योतिनगरको पहिरो व्यवस्थापनका लागि केन्द्रिय बजेट कम भएपनि पहिरो व्यवस्थापन गर्ने गरी काम गरिने प्रतिवद्वता जनाए ।

बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्यालले बुटवलको विकासमा सबैको साथ सहयोग चाहिने बताउंदै अनुगमनलाई थप तीव्रता दिने बताए ।उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले टेक्निकल ढंगले योजनाका साथ विकास निर्माण गरिने बताए ।

मालेपात कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलले मालपोत कार्यालयमा हुने बेथितिको अन्त्य गर्ने दाबी गर्दै कर्मचारीहरुले घुस खाएर, खान्छन् भन्ने प्रमाणित भए कारवाही गर्ने बताए ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले मानव अधिकार, शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणको विषयमा नेपाल प्रहरी सक्रिय रहेको बताए ।
सहभागिको तर्फबाट गोपाल प्रधान, शुर्य पौडेल, रामचन्द्र भुसाल, नारायण घिमिरे, सावित्रा घिमिरे, तुल्सीराम न्यौपाने, गीता पन्थ, टेकबहादुर जीसी लगायतले बोल्दै बुटवलका समस्याबारे आआफ्ना भनाइ राखेका थिए ।

पत्रकार विक्रम खड्का र खेमराज रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।