लुम्बिनी केवलकारले ५० प्रतिशत टिकट मुल्य घटायो

बुटवल, ३१ साउन । लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा घटाएको छ । हालको टिकट दरमा ५० प्रतिशत छुट दिने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताएका छन् ।
‘मर्निङ अफर’ कार्यक्रम ल्याएर लुम्बिनी केबल कारले साउनको पहिलो बुधबारदेखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट काट्नेलाई ५० प्रतिशत छुट दिन लागेको हो ।

हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयांरहेको छ । अब नेपालीनागरिकहरुले हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयांमा केबलकारमा यात्रा गर्न पाउने छन् भने भारतीयनागरिकले ३७५ भारुमा र तेस्रो मुलुककाविदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।
यो अफरले आम सर्वसाधारणलाई समेत निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । सो वाहेक अन्य समयमाभने पुरानै टिकटदर कायम गरिएको छ ।

लुम्बिनीप्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यवसायिक सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुकालागि विशिष्ट आकर्षण बनेको छ ।

मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशकाविभिन्नशहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने संख्या बढ्दो क्रममा रहेको आयोजनाप्रमुखगोकुल साउदले जानकारी दिए ।
टप स्टेशनमा सय वर्ष पुरानो भगवतीमन्दिर,महादेव शिवको वाहननन्दी, वर पिपल चौपारी,पोखरी लगायतकाधार्मिक संरचनाहरु रहेका छन् । साउनमहिनामा टप स्टेशनमाजलार्पण गर्ने व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ ।

केबलकारले बुटवल उपमहानगरपालिका र तिनाउगाउंपालिकाले ५० प्रतिशतका दरले बांडफाड गर्ने गरी प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापतदिने सम्झौता गरेको छ ।
केवलबारको टिकट मुल्य बढी भएको चौतर्फी कुरा उठिरहेका बेला लुम्बिनी केबलकारले निश्चित दिन र निश्चित बारमा टिकटको आधा मुल्य घटाएको हो ।