नेपाली सामुदायिक केन्द्रका लागि अमेरिकामा २० लाख डलर संकलन

बुटवल, साउन १ गते । अमेरिकाको लस–एन्जेलसमा सञ्चालित शिव महापुराण सम्पन्न भएको छ । केहिदिन अघिदेखि पशुपतिनाथ फाउण्डेशनको आयोजनामा सञ्चालित शिव महापुराण सम्पन्न भएको पण्डित तथा महापुराण वाचक दिनबन्धु पोखरेलले जानकारी गराएका छन् ।


पण्डित तथा महापुराण वाचक दिनबन्धु पोखरेलका अनुसार नेपाली सामुदायिक केन्द्र निर्माणको सहयोगार्थका लागि शिव महापुराण आयोजना गरिएको थियो । उक्त धार्मिक कार्यक्रम तथा महायज्ञमा २० लाख डलर तथा लगभग नेपाली २६ करोड रुपैया संकलन भएको छ ।

शिव महापुराण सहभागी भएर सहयोग गर्ने सहयोग दातालाई पण्डित दिनबन्धु पोखरेलले धन्यबाद ज्ञापन गरेबका छन् । उक्त धार्मिक कार्यक्रममा हजारौं भक्तजनको सहभागिता रहेको पण्डित तथा महापुराण वाचक पोखरेलले जानकारी गराएका छन् । शिव महापुराण वाचन गर्नका लागि पण्डित दिनबन्धु पोखरेल केही दिन अघि नेपालबाट अमेरिका गएका थिए ।