डा. कपिल मणिलाई मिल्यो सफलता, बेलायतबाट एफआरसीएस उपाधि प्राप्त

   बुटवल, साउन २ गते । बुटवलको मर्शी सिटी अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. कपिलमणि केसीलाई मेडिकल क्षेत्रमा ठूलो सफलता मिलेको छ । अर्थोपेडिक सर्जन विज्ञ डाक्टर कपिलमणि केसीले बेलायतबाट दिइने फेलो अफ रोयल कलेज अफ सर्जन अफ इङल्याण्ड (एफआरसीएस) ग्राजुएजन उपाधि प्राप्त गरेका छन् ।
नेपालबाट यो उपाधि पाउने डा. केसी तेस्रो अर्थोपेडिक सर्जन हुन् ।

यो उपाधि लिने अर्थोपेडिक सर्जन ज्वालाराज पाण्डे पहिलो हुन् । त्यस्तै यसअघि यो उपाधि डा. शैलज रञ्जितकार दोस्रो डाक्टर हुन् । त्यस्तै न्यूरोसर्जन स्वर्गीय उपेन्द्र देवकोटा, नाक, कान, घाँटी विशेषज्ञ राकेश श्रीवास्तव लगायत केहीलेमात्र यो उपाधि लिएका छन् । यो उपाधि लिएसँगै डा. केसीले जुनसुकै बेला बेलायतमा रहेर स्वास्थ्य सेवा दिन पाउने छन् । जुन मेडिकल क्षेत्रका डाक्टरहरुका लागि ठूलो सफलता हो ।

डा. कपिलमणि केसीले सन् २०१७ देखि जइन्ट सर्जिकल अलेज फेलोशिप इक्जामिनेसनका लागि तयारी गरेको बताउँछन् । उनले अस्पताल समय बाहेकको समयलाई सदुपयोग गर्दै बिहान ३ देखि ९ बजेको समय यही एफआरसीएस ट्रमा एन्ड अर्थोपेडिक सर्जरी अध्ययनमा लगाएको बताए ।

उनले केहीदिन अघि बेलायत पुगेर उक्त उपाधि लिएका हुन् । उपाधि लिएसँगै डा. केसीले थप उर्जा तथा काम गर्न हौसला मिलेको नयां दिशालाइ बताएका छन् ।
अध्ययनमा सधै पहिलो हुने डा. केसीले लामो समय काठमाडौँको सिभिल सर्भिस हस्पिटलमा काम गरेका थिए ।

उमेर सानै भएपनि विज्ञताका आधार अनुभवी र आफ्नो काममा वरिष्ठता मानिन्छन् । केही वर्षदेखि डा. कपिलमणि केसी बुटवलमा रहेको मर्सि सिटी हस्पिटल प्रालीमा कार्यरत छन् ।
रुपन्देहीको देवदह मेडिकल कलेजमासमेत आवद्द रहेका डा. केसीले प्यूठानको विजुवारमा पनि पुगेर सेवा दिने गरेका छन् ।