केवलकारको टिकट बारै महिना सातै बार ३७५ बनाउन माग

  बुटवल, साउन ४ गते । बुटवलबाट पाल्पाको बसन्तपुरमा केवलकार सञ्चालन भएको दुई महिना पुग्न थालेको छ । हप्ताको एकबार बुधबार मात्रै केवलकारको टिकट दरमा ५० प्रतिशत छुट गरेपछि केवलबार चढ्नेको संख्या बढेको छ । केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित ‘मर्निङ अफर’ शुरु गरेसंगै केवलकार चढ्ने पर्यटक बढेका हुन् ।

केबलकारको दुईतर्फी यात्राका लागि टिकट दर ७५० रुपैयां रहेकोमा ‘मर्निङ अफर’ लिएर ३७५ रुपैयां कायम गरेपछि केवलकार चढ्नेहरुको संख्या बढेको हो ।
टिकट सस्तो भएपछि केवलकार चढ्नका लागि पर्यटक आर्कषित भएका हुन् ।
यसअघि केबलकारमा प्रतिदिनऔसतमा ५ सय जना पर्यटक आउने गरेकामा ‘मर्निङ अफर’को पहिलो दिन ३ घण्टामै ९९६ जना पर्यटक आएका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताएका छन् । सर्वसाधारणको मागलाई मध्यनजर गरी भदौ मसान्तसम्मका लागि यो अफर ल्याइएको सैंजूले बताए ।


आईएमई ग्रुपको अगुवाईमा कुल ५ अर्ब लागतको लुम्बिनीप्रदेशकै पहिलो यो केबलकारगत जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमाआएको थियो । यो अफरमा भारतीयनागरिकले समेत ३७५ भारुमा र तेस्रो मुलुककाविदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने प्रालिले जनाएको छ । आर्थिक मन्दी र नागरिकको क्रयशक्तिकमभएकोे परिप्रेक्ष्यमा टिकट दर आधा सस्तो बनाउंदाआम सर्वसाधारणलाई सहजभएको हो ।

केवलकार सञ्चालन भएका दिनदेखि नै ठिकट दर महङो भएको भन्दै केवलकार सञ्चालकहरुलाई टिकल दर घटाउन नागरिकले माग गरेका थिए ।
सामाजिक तथा राजनीतिक अभियान्ता नारायाण नागिलाले केवलकार सञ्चालन भएको एक घण्टा भित्रै सामाजिक सञ्जाल फेसबुकबाट केवलकारको टिकट महङको भयो भन्दै घटाउन माग गरेका थिए । बुटवलका नारायण नागिलाले बढीमा आतेजाते केवलकारको टिकट दर रु ५ सय भन्दा बढी नगराउन आग्रह गर्दै आर्थिक मन्दी र बेरोजगारको मारमा परेकाम नेपालीले महङो टिकट लिएर केवलकार चढ्न नसक्ने बताएका थिए ।
बुटवलका पर्यटन व्यवसायी तथा सामाजिक अभियान्ता समुन्द्र जीसीले पनि केवलकार टिकट महङो भएको भन्दै टिकट दर घटाएर ५ सय भन्दा बढी गराउन नहुने भन्दै टिकटको मुल्यदर घटाउन सञ्चालकहरुसंग माग गरेका थिए ।
त्यस्तै कमला भण्डारी ज्ञवाली, विमल गिरी, भरत अधिकारी लगायत सयौं सामाजिक अगुवाहरुले केवलकार सञ्चालन भएको दिन नै टिकट दर महङो भएको भन्दै बिरोध जनाएका थिए ।

तिनै टिकट दर महङो भयो भन्ने सामाजिक अभियान्ताहरुले केवलकारको टिकट दर घटाएपछि लुम्बिनी केवलकार सञ्चालकहरुको खुलेर प्रसंसा गरेका छन् । टिकट दर अहिले बुधबारकाा लागि कायम गरेको दर कायम गर्न माग गरेका छन् ।

अहिले भदौ मसान्तसम्म बुधबार मात्रै टिकट दर घटाएकोप्रति केवलकार सञ्चालकहरुलाई धन्यबाद ज्ञापन गर्दै बारै महिना र सातैबार टिकट दर घटाउन नागरिकको माग छ ।
आतेजातेका लागि अहिले बुधबारका लागि मात्रै कायम गरिएको टिकट दर रु ३७५ नेपालीले तिर्न सक्ने उपयुक्त रेट भएको भन्दै बारै महिना र सातैबार यही दर कायम गर्न बुटवलका नारायण नागलिा र समुन्द्र जीसीको माग छ ।
बुटवलबाट पाल्पाको बसन्तपु डांडासम्म सञ्चालन भएको लुम्बिनीको पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यवसायिक रुपमा सञ्चालन भएको हो ।