‘राज्य अभिभावक विहिन हुँदा जनता निरास छन्’

बुटवल । स्वतन्त्र नागरिक समूह नेपालले संविधान सम्बत राज्य नचलेको बताएको छ । स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्रेले बुधार विज्ञप्ती जारी गर्दै संविधान सम्बत राज्य नचल्दा देश अभिभावक विमुख भएको बताएका छन् ।

संविधान सम्मत राज्य व्यवस्था नचल्दा राज्य प्रति जनताको निराशा बढेको विज्ञप्तीमा उल्लेख छ । जनताको स्वास्थय र नागरिकको दैनिकी सञ्चालनका लागि आवश्यक आधारभूत कुराहरु समेत नपाएर पीडित नेपालीको समस्या समाधान भन्दा व्यक्तिगत स्वार्थ र राजनीतिक स्वार्थको दिशामा सरकारका सबै निकायहरु लक्षित हुंंदा देश अभिभावक विमुख र जनता सरकार विमुख भएको महसुस गरिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली जतना पिडामा परेको अवस्थामा संघीय सरकार र प्रान्तीय सरकारकोसमेते औचित्य नरहेको अवस्थामा न्यायलय न्यामूर्ति बन्नु पर्ने स्वतन्त्र नागरिक समूहको माग छ । विधानत नागरिकले पाउनु पर्ने नागरिकता सहज रुपमा प्राप्त हुनुपर्ने र अनागरिकलाई नेपाली नागरिकताबाट बन्चित गर्नुपर्ने विज्ञप्तमिा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ – यस्तो संंकटपूर्ण स्थितीबाट देशलाई मुक्त गर्नु हामी सबै नेपालीको साझा कर्तब्य हो । त्यसैले जन्मभूमि नेपाल माताको रक्षा र सम्बद्र्वनका लागि नयांं शिराबाट सशक्त संंघर्ष तथा विशेष पहल कदमी उठाउन ढिला गर्नु हुदैन । धार्मिक सहिष्णुता सहितको हिन्दु राष्ट्र, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली र मौलिक राजनीतिक मुल्य मान्यतामा आधारित सुन्दर शान्त र विशाल नेपालको संरक्षण र सम्बद्र्वनमा जुटन स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ले देशभक्त नेपालीलाई अपिल गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ भाइरसबाट पीडित नागरिकको स्वास्थ्य लाभको कामना र मृतकप्रति समूहका अध्यक्ष गैह्रे श्रदाञ्जली अर्पण गर्नुभएको छ ।