मौद्रिक नीतिले अर्थतन्त्र चलायमान – अर्थमन्त्री

बुटवल, साउन ८ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयां मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने र नीजि क्षेत्रमा लगानी बढ्ने बताएका छन् ।
मौद्रिक नीतिले व्याजदरमा कमी आएको उल्लेख गर्दै नीजि क्षेत्रमा लगानी बढ्ने र अर्थतन्त्र चलायमान हुने अर्थमनत्रकिो दावी छ ।

प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांगे्रसका प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले व्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीवृद्धि हुने बताए । पूंजीगत क्षेत्रको खर्च बढाउन समयमा नै ठेक्का लगाउनु पर्ने बताउंदै उनले भने – गतवर्ष राजस्व कम उठेपनि यो वर्ष राजस्व धेरै उठछ ।

अर्थमन्त्री महतले पार्टीको बैठक लाइभ गर्दा कांगे्रस भित्रको यथार्थ जे हो त्यही बाहीर आएको बताउंदै बैठकको लाइभले कांगे्रसलाई झनै बलियो हुने उनको तर्क छ ।
प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सन्चालनमा पत्रकार सम्मेलन भएको हो ।