शान्ति सुरक्षाका लागि प्रहरीसंग सहकार्य गर्ने बुटवलका पर्यटन व्यवसायीको प्रतिवद्दता
बुटवल, साउन १० गते । होटलका कोठा प्रयोग गरेर हरेक प्रकारका अपराधिक घटनाहरु हुने गरेको बुटवलका पर्यटन व्यवसायीले बताएका छन् । पाहुनाका रुपमा आएर सत्रुको रुपमा अपराधिक घटना घटाउनेहरुबाट पर्यटन व्यवसाय र व्यवसायीले समस्या भोग्नु परेको उनीहरुको गुनासो छ । आयआर्जनसंग जोडिएको पर्यटन व्यवसाय सेवामूलक व्यवसाय भएपनि सेवा दिंदा उल्टै समस्या भोग्नु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने र त्यसका लागि पर्यटन व्यवसायी सुरक्षित हुन सुरक्षा अपनाउनु पर्ने बताए ।
अपराधिक घटनाहरुलाई निषेध गर्न शान्ति सुरक्षाका लागि प्रहरी प्रशासनको सहयोग आवश्यक पर्ने बताए ।
शान्ति सुरक्षा विना पेशा व्यवसाय र लगानी सुरक्षा हुन नसक्ने भएकाले समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्न प्रहरीसंग सहकार्य गर्नुपर्ने पर्यटन व्यवसायीको भनाइ छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको शान्ति सुरक्षा तथा समसामयिक विषयक कार्यक्रममा बोल्ने पर्यटन व्यवसायीले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहयोग गर्ने प्रतिवद्वता जनाए । लगानीमैत्री वातावरण र शान्ति सरक्षा भएमा बुटवललाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने बताउंदै राती ११ वजेसम्म होटलहरु सञ्चालन गर्दा अबरोध नर्गन आग्रह गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बुटवल क्षेत्रमा शान्ति सुरक्षाका लागि केही चुनौती भएपनि कानुन कार्यान्वयनमा प्रहरीले आफ्नो कर्तव्य पालना गर्ने बताएका छन् । समाजमा शान्ति सरक्षा कायम गर्न सबैले साझा प्रतिवद्वता चाहिने उनको भनाइ छ । उनले रातीमा होटल व्यवसाय सञ्चालनका लागि एउटै समय हुनुपर्ने बताउंदै क्लव र दोहोरी सांझका लागि पनि एउटै समय निर्धारण गरेका व्यवसायीलाई पनि सजिलो हुने र शान्ति सरक्षा दिनपनि सहज हुने बताए । शान्ति सुरक्षाका लागि प्रहरी र पर्यटन व्यवसायीको सम्बन्ध रुख र जराको जस्तै भएको बताउंदे उनले भने – आफ्नो पेशा व्यवसायलाई मर्यादित बनाउन आफै लाग्नु पर्छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधवप्रसाद नेपालले होटल चलाउंदा सतर्कता अपनाउनु पर्ने बताउंदै होटलबाटै सबै प्रकारका कामहरु हुने भएकाले शान्ति सुरक्षाका विषयमा सचेत हुनुपर्ने बताए ।
बुटवल रामनगर वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक अर्जुन पौडेलले शान्ति सुरक्षा र अमन चयन कायम गर्न नेपाल प्रहरीले खेलवाड नगर्ने बताए ।
संघका अध्यक्ष लेखनाथ भण्डारीले बुटवलको शान्ति सुरक्षा र व्यवसायिक एकता आवश्यक रहेको बताउंदै १८ बुंदे आचारसहिंता पालाना गरेर पर्यटन व्यवसायलाई मर्यादित बनाउन सबै व्यवसायीलाई आग्रह गरे ।
बसपार्क क्षेत्रमा हुने यौनजन्य गतिविधि र रातको समयमा हुने अनैतिक गतिविधि रोक्नका लागि संघ प्रतिवद्व रहेको बताउंदै उनले भने – गलत कामकाविरुद्व होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले प्रहरीलाई साथ दिन्छ । संघका निःवर्तमान रामप्रसाद गौतमले बुटवललाई राम्रो र सुरक्षित बुटवल बनाउन शान्ति सुरक्षा कायम गर्नुपर्ने बताउंदै शान्ति सुरक्षामा सबैको सामूहिक प्रतिवद्वता आवश्यक छ भने ।
संघका पूर्व अध्यक्ष तथा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जीसीले बुटवलमा हुने अराजक गतिविधि र बेथितिलाई निषेध गर्नुपर्ने बताउंदै बुटवलको विकासमा पर्यटन व्यवसायीले सधै साथ दिएको बताए । उनले अराजक गतिविधि र बेथितिलाई रोक्न प्रहरी प्रशासनसंग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष माधवकुमार खनालले सबै प्रकार चुनौतीको सामना गरेर बुटवलको पर्यटन व्यवसायलाई मर्यादित र व्यवस्थित गरिने बताए । उनले बुटवल पर्यटन हवको रुपमा विकास भएको बताउंदै शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रशासन र अन्य क्षेत्रसंग सहकार्य गर्न सकिने बताए ।
संघका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष माधवकुमार खनाल को स्वागत र महासचिव अर्जुन थापाको सञ्चालनमा भएको कार्यक्रममा दीपक गर्वुजा, मिन तिवारी, यमलाल मरासिनी लगायत पर्यटन व्यवसायीले बोलेका थिए ।
व्यवसायलाई मर्यादित र सुरक्षाका लागि होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले १८ बुंदे आचारसहिंता बनाएको छ ।