महामारीमा श्रम तथा रोजगारीको क्षेत्र प्रभावित

बुटवल । महामारीमा श्रम तथा रोजगारीको क्षेत्र प्रभावित भएको भन्दै लुम्बिनी प्रदेश सरकारलाई स्थानीय रोजगार संयोजकहरुले ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम उद्देश्य अनुरुप प्रभावकारी हुन नसकेको उनीहरुको बुझाइ छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेललाई बुझाइएको ध्यानाकर्षण पत्रमा महामारीले विपन्न परिवार मारमा परेको उल्लेख गरिएको छ । इश्वरी ज्ञवालीको संयोजकत्वमा बुझाइएको ध्यानाकर्ष पत्रमा महामारीले समग्र आर्थिक गतिविधिलाई प्रभावित गरेको उल्लेख गर्दै श्रम तथा रोजगारीका सम्वन्धमा अन्तरनिकाय र अन्तरतह बीच समन्वय र सहकार्य हुन जरूरी रहेको भनिएको छ ।

सुचिकृत वेरोजगार व्यत्तिहरुको प्राथमिकीकरण, छनोट प्रकृया र रोजगार ब्यवस्थापन सुचना प्रणालीलाई थप व्यवस्थित गर्नुपर्नेमा संयोजकहरुको जोड छ । हालको सूचना तथा तथ्यांकलाई थप पारदर्शी बनाउन र आयोजनाहरुको भौतिक र वितीय प्रगती बिवरण ब्यबस्थित गर्न रोजगार ब्यवस्थापन सुचना प्रणाली प्रभावकारी हुने ध्यानाकर्षण पत्रमा भनिएको छ ।

‘रोजगारीको हकको प्रत्याभुति गराउनु संघ,प्रदेश र स्थानिय तिनै तहको सरकारको दायित्व अनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा रहेको तथापी रोगजार सम्बन्धि कार्यक्रमको उद्देश्य अनुरुप “रोजगारी र बिकाश निर्माण” रहेता पनि यसको प्रभावकारीता सोचे अनुरुप नभएको जन गुनासो छ साथै हामी स्थानिय तहको रोजगार संयोजकहरुको पनि यही बुझाई छ, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘श्रम तथा रोजगारी अन्तरसम्बन्धित बिषय भएकोले यस बिषयमा अन्तरनिकाय र अन्तरतह बीच समन्वय र सहकार्य हुन जरूरी छ ।’