बुटवलमा ६ सय पशुमा लगाइयो लम्पीविरुद्द खोप

बुटवल, साउन २२ गते । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । यही साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं १६, १८ र १९ का गाईलाई खोप लगाइएको र बाँकी गाइ र भैसीलाई लगाउने तयारी भइरहेको छ । बुटवलमा करीब ६७ सय पशु रहेको र सबैलाई नै खोप लगाउने गरी तयारी रहेको र खोप आपूर्ति भइरहेको पशुपंक्षी विकास शाखाका उपनिर्देशक बञ्जाडेले बताए । उनले भैसीमा भन्दा गाईमा बढी संक्रमण देखिएकाले सतर्कता अपनाउनु पर्ने अवस्था रहेको बताए ।

अहिलेको मौसममा यो रोगको भाइरस बोक्ने भेक्टर भनिने लामखुट्टे, झिँगा, किर्ना, उपियाँ, जुम्राको धेरै उत्पादन हुने तिनले धेरै सार्ने सम्भावना रहने भएकाले छिटो फैलिनसक्ने सम्भावना छ ।