धन्न मानवीय क्षती भएन

बुटवल, साउन २३ गते । रुपन्देहीको बुटवल र तिलोत्तमाको सीमानामा पर्ने योगीकुटी हाडबजारसंगै जोडिएको चौपारीको बरको रुख ढलेको छ । बरको रुख रहेको चौपारीको आसपासमा व्यवसायीले हाटबजार सञ्चालन गर्दै आएका थिए । सोमबार बिहान उक्त बरको रुख ढलेकाले हाटबजार व्यवसायी र उपभोक्ता
सम्भापित दुर्घटनाबाट जोगिएका छन् ।

सोमबार बिहान करिव ७ बजेतिर उक्त बरको रुख जरा उखल्लिएर ढलेको स्थानीयले बताएका छन् । केही घण्टा ढिलो गरेर उक्त बरको रुख ढलेको भए ठूलो मानवीय क्षती हुन सक्ने स्थानीय केशव न्यौपानले बताए । बरको रुखैमुनी र आसपासमा हाडबजार सञ्चालन गर्दै आएका व्यवसायी बिहानको समयमा ढलेर आफुहरु दुर्घटनाबाट बचेको भन्दै खुशी भएका छन् ।
हाटबजार सञ्चालन भएको बेला बिहान १० बजेपछि सांझ करिव ८ बजेसम्मको समयमा रुख ढलेको भए ठूलो मानवीय क्षती हुन सक्ने थियो । विद्युत कार्यालयले बरको एकतर्फीका मात्रै हागा काटेकाले ढलेको स्थानीयको भनाइ छ । बरको रुखको हावा तथा सित्तलका लागि दिनभर नै मानिस चौपारीमा बसेर दिन बिताउने गर्दथे ।
उक्त बरको रुख स्थानीय गोविन्दप्रसाद न्यौपानेले लगाएका थिए ।