सगरमाथाको रक्तदानमा १ सय १ युनिट रगत संकलन

बुटवल, साउन २४ गते ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका २ को सगरमाथा टोल विकास संस्थाले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा १ सय १ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णुप्रसाद भण्डारीले जानकारी गराएका छन् ।

वार्षिक कार्यक्रम अनुसार सगरमाथा टोल सिवकास संस्थाले बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तसञ्चार सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोग र नेपाल संवयसेवी रक्तदाता समाज तिलोत्तमाको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो । फोहोरमैला व्यवस्थापन तथा सरसफाई, खानेपानी, सडक सुधारका साथै टोल विकास संस्थाले रक्तदान कार्यक्रम गर्दै आएको छ ।

उक्त रक्तदान कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिलबहादुर भट्टराइले टोल विकास संस्थाहरुको सक्रियताले गाउं टोलको विकासमा सहयोग पुगेको बताए । रगतको अभाव हुन नदिने उद्वेश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमले समाजमा सकरात्मक सन्देश दिएको बताउंदै उनले भने – अझै बढी समाजप्रति उत्तरदायि भएर मानवीय काममा टोल विकास संस्थालाई सक्रिय बनाउनु पर्छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले समाजका हरेक मानिलाई रगत आवश्यक्ता पर्दा सहज रुपमा रगत उपलब्ध गराउनका लागि रक्तदान कार्यक्रम नियमित बनाउनुपर्नेमा दिए ।रक्तदान सबै भन्दा पुण्य काम भएकाले सबै टोल विकास संस्था र संघसस्थाहरुलाई रक्तदानका लागि सक्रिय बन्न उनले आग्रह गरेका छन् ।
स्थानीय भीम थापा, टुकराज भट्टराई, अमृत श्रेष्ठ, दिलबहादुर भट्टराई, अर्जुन पौडेल र राममणि खनालले रक्तदानका लागि आर्थिक सहयोग गरेका हुन् ।

सगरमाथा टोल विकास संस्थाका अध्यक्ष धुर्व पाण्डेयको अध्यक्षता र सहसचिव कमला आचार्यको सञ्चालनमा कार्यक्रम भएको हो । रक्तदान गर्ने सबै १ सय १ जनलाई प्रमाण पत्र प्रदान गरिएको छ ।