भ्रष्टाचार ढाकछोप गर्न एमालेको संसद अबरोध – पुष्पा

बुटवल, साउन २४ गते । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले भ्रष्टाचार र अपराध प्रकरण छानबिन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने बताएकी छन् ।
पूर्व उपसभामुखसमेत रहेकी नेतृ भुसालले भ्रष्टाचार र अपराधमा संलग्नहरुलाई कारवाही गर्नुपर्ने बताउंदै उनले भनिन् – कांग्रेस सधै सुशासनको पक्षमा छ ।

उनले बिगतको ललिता निवास प्रकरण, ओम्नी, सेक्युरिटी प्रिटिंङ प्रेस मेशीन खरिद प्रक्रियाको ७० करोडलगायत अन्य प्रकरण र अहिलेको सुन काण्डको उचित छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताइन ।

बुधबार बुटवलमा रिपोर्टर्स क्लव लुम्बिनीले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकार तत्काल परिवर्तन नहुने बताउंदै पांच बर्षसम्म गठबन्धन सरकार टिक्ने उनको दावी छ ।
उनले प्रतिपक्ष दल एमालेले संसदलाई बन्दक बनाएर आफ्ना भ्रष्टाचार र अपराधलाई ढाकछोप गर्न खोजेको आरोप लगाइ ।

संसदबाट समाधान खोज्ने बेला प्रमुख प्रतिपक्ष दलको संसद अबरोधले लोकतान्त्रिक प्रणाली कमजोर भएको बताउंदै संसद अबरोध गरेर मुलुकले निकास नपाउने उनको तर्क छ ।
सुशासन कायम राख्न समावेशी, समृद्धि आवश्यक रहेकाले कांग्रेस विचारको रुपमा बलियो पार्टी भएको दावी गरिन् ।

रिपोर्टर्स क्लव लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।