नीजि विद्यालयको आन्दोलन स्थगीत

बुटवल, साउन २६ गते । नीजि विद्यालय सञ्चालकहरुले आन्दोलनका कार्यक्रम स्थगीत गरेका छन् । संसदमा पेस गर्न लागिएको शिक्षा विधेयकको विषयलाई लिएर नीजि विद्यालय सञ्चालकहरुले आइतबारदेखि विद्यालयहरु बन्द गर्ने घोषणा गरेका थिए ।

आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका विद्यालय सञ्चालकहरुले सरकारसंग वार्ता भइरहेकाले तत्कालका लागि आन्दोलन स्थगीत गरिएको बताएका छन् ।
विद्यालय अनिश्चितकालीन बन्दको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका नीजि विद्यालयका छाता संगठन प्याब्सन, हिसान र नेसनल प्याब्सनले आन्दोलन स्थगीत गरेका हुन् ।

हाल कम्पनी ऐन अनुसार सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउंदा आफूहरु समस्यामा पर्ने भन्दै नीजि शैक्षिक संस्थाका सञ्चालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।