नेपाल जेसीज क्षेत्र घ को सम्मेन रुपन्देहीको तिलोत्तममा

बुटवल, साउन २७ गते । नेपाल जेसीजको क्षेत्र घ को सम्मेन रुपन्देहीको लितोत्तममा हुने भएको छ । यही भदौ ८ र ९ गते नेपाल जेसीज तिलोत्तमा शाखाको आतिथ्यतामा सम्मेलन   हुंदै छ ।
नेपाल जेसीज तिलोत्तमा शाखाले शनिबार पत्रकार सम्मेलन गरी दुई दिनसम्म चल्ने सम्मेलबारे जानकारी गराएको हो । नेपाल जेसीज तिलोत्तमा शाखाका संस्थापक अध्यक्ष यादव भट्टराईले सम्मेलनमा १२ सयदेखि करिव १५ सय जनाको सहभागिता रहने जानकारी गराए ।

नवलपुरको गैडाकोटदेखि महेन्द्रनगर सम्मका जेसीजबाट सम्मेलनमा प्रतिनिधित्व हुने र अन्य ठाउंबाट पनि प्रतिनिध्व हुने बताईएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिने आयोजकहरुले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । जेसीजका पदाधिकारी र सदस्यहरुबाट सम्मेलनको लागि आर्थिक व्यवस्थापन गरिने बताईएको छ ।

नेपाल जेसीज तिलोत्तमा शाखाका अध्यक्ष प्रकाश गौतमको अध्यक्षता, महेश पौडेलको सञ्चालन र विनोद सुवेदीको स्वागतमा उक्त पत्रकार सम्मेलन भएको थियो ।